Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रोमो रिलिज : धुँवा यो नशामा आर्यनको नयाँ स्वरूप

फिल्मीखबर, काठमाण्डौ, 2012/08/12

आर्यन सिग्देललाई आरोप लाग्दै आएको छ कि उनी हरेक फिल्ममा एउटै गेटअप तथा एउटै स्टाईल अनि उस्तै अभिनय गर्दै आएका छन् । तर  त्यहि आरोपलाई मेट्न धुँवा यो नशा फिल्ममा आर्यनलाई बिल्कुलै नयाँ गेटअप तथा भिन्न शैलीमा उतारीएको   निर्माण युनिटको भनाई छ ।

 

भाद्र २२ गते रिलिज हुने भनिएको प्रतिक्षित फिल्म 'धुँवा यो नशा' मा आर्यन सिग्देल लागुपदार्थ दुर्व्यसनीको भुमिकामा देखिंदैछन् जुन कुरा फिल्मीखबरले सार्वजनिक गरेको प्रोमोमा देख्न सकिन्छ । फिल्ममा आर्यनलाई नायिका निशा अधिकारीले साथ दिएकी छिन् । सोसल ड्रामा शैलीको 'धुवाँ यो नशा' लाई रिजाल एण्ड रिजाल प्रोडक्सनको व्यानरमा राम प्रसाद रिजालले निर्माण गरेका हुन् भने निर्देशन लक्ष्मण रिजालले गरेका हुन् ।