मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

धीरेन शाक्यको साउथ मोह

फिल्मीखबर, काठमाण्डौ, 2012/08/12

अभिनेता  धीरेन शाक्य अहिले नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनले दशैपछि एक्सन प्रधान फिल्म निर्माण गर्ने जनाएका हुन् । पछिल्लो पटक फिल्म खिच्ने उपकरणको रेन्टल विजनेश गरिरहेका शाक्य पछिल्लो पटक मायाज बारमा केमियो रोलमा देखिएका थिए । 

 
अहिले स्क्रिप्टको काम भैरहेको फिल्ममा शाक्य नै मूख्य भूमिकामा देखिने भएका छन् । उनीसँगै राजेन्द्र खड्गी र सुनिल थापा पनि अभिनय गर्ने पक्का भैसकेको छ । दशै पछाडी सुटिङ हुने फिल्म साउथ इन्डियन स्टाइलको हुने उनले बताए । 'साउथ फेलेवरमा फिल्म निर्माण हुनेछ त्यसका लागि अहिले स्क्रिप्टको काम भैरहेको छ र स्क्रिप्ट पुरा भएपछि हिरोइनको खोजी हुने छ', उनले भने, 'फिल्म पूर्ण रुपमा एक्सन श्रेणीको हुनेछ तर पुरानो धारको एक्सन भने होइन ।'
 
आफ्नो सिनेमा खिच्नकै लागि आफुले रेड वन एमएक्स क्यामेरा ल्याएको उनले बताए । 'आफै बनाउने योजनाले भित्राएको हो र निर्माणमा पनि लाग्छु', उनले भने । उनले जस्मिन फिल्मस मार्फत फिल्म निर्माण र सिनेमा उपकरण भाडामा लगाउने व्यवसाय गरिरहेका छन् ।