
हिरो हुनु अघिका आरजे राजबल्लभ कोईरालाले सिङगापुर मेलेसिया र थाईल्याण्ड भ्रमण गरिसकेका छन् तर हिरो भएपछि उनी आज पहिलो पटक मुलुक छाड्दैछन् । सपनाको शहर भनेर धेरै शहर चिनिन्छन् तर सपनाको मुलुक भनेर चिनिने अमेरिकाको भूमिमा पाईला राख्न आज राति उनी त्यस तर्फ उड्दैछन् ।
हलिउड प्रोजेक्ट 'हाईवे टु धम्पुस' को बाँकी सात प्रतिशत सुटिङका लागि आज उनी त्यसतर्फ उड्न लागेका हुन् । अगष्टको अन्त्य देखि सुरु हुने उक्त फिल्मको बाँकी सात प्रतिशत सुटिङ संगै उनी प्रशन्न पौडेलले त्यही खिच्न लागेको नयाँ फिल्ममा पनि सम्भवत काम गर्नेछन् । 'आज राति ११:४५ को फ्लाईट छ अलिअलि एक्साईटेड पनि फिल भईरा'छ र त्यसैको तयारीमा छु', बल्लभले फिल्मीखबरसंगको कुराकानीमा भने ।
फिल्मको सात प्रतिशत काम बाँकी रहे पनि उनी तिहार सम्म अमेरिकामै बस्ने तयारीमा छन् । यध्यपी फिप्टी फिल्मसको नयाँ प्रोजेक्टमा पनि उनी दोहोरिने सम्भावना रहेकाले उनको अमेरिका बसाई कति लम्बिने हो त्यो स्वयम उनलाई थाहा छैन । 'हाईवे टू धम्पुस टिमले अर्को प्रोजेक्ट पनि गर्ने तयारीमा गरेको छ त्यसैले सम्भवत सो प्रोजेक्टमा पनि दोहोरिने सम्भावना भएकाले कति बस्ने हो थाहा छैन', बल्लभले भने ।