
सुटिङ सुरु भएको २७ औ दिनका दिन रिदमको प्याकअप भएको छ । विकास आचार्य निर्देशित उक्त फिल्मको एक दिन ब्रेक गरिदै २६ औ दिन सम्म निरन्तर सुटिङ भएको थियो ।
आफ्नो ब्राण्डिङ हिरो जीवन लुईटेललाई तेहेर्याउँदै विकासले यो फिल्मबाट थप दुई कलाकार सोहित मानन्धर र निस्मा घिमिरेलाई रजतपटमा भित्राएका छन् भने जीवनको नयाँ केमेस्ट्री पनि यहि फिल्मबाट बनाईदिएका छन् । यस अघि ऋचा सिंह ठकुरी जसलाई बिकासले धर्मपुत्री मान्दै आएका थिए र उनलाई नै जीवनको अपोजिट खेलाउदै आएका थिए तर यो पटक भने स्वेता भट्टराईसंग जीवनको जोडी विकासले बाधिदिएका छन् ।
'एउटा गितको मात्र केही प्याचअप सिन बाँकी थियो जुन आज बिहान सकिएको छ र भोलिदेखि पोष्ट-प्रोडक्सनका लागि फिल्म ल्याबमा जान्छ', सुटिङ सकिएको खुशियालीमा विकासले भने । सम्पूर्ण लोकेशन काठमाण्डू बनाईएको उक्त फिल्मलाई दीर्घ खड्का र अर्जुन जिसीले सम्पादन गर्ने छन् । यस्तै विकासले केही नयाँ कलाकार लिएर काम गर्दा आफूलाई अनुभवी कालकारसंग काम गरे जस्तो भएकाले सुटिङ छिटो सकिएको बताए ।
विशेषत यो फिल्ममा बालकलाकार भएर खेलेका पाँच बर्षे अनुभव रेग्मीको कामले आफूलाई निकै प्रभावित पारेको विकासले बताए । उनले भने, 'यति सानो बालकले त्यसरी अभिनय गर्दा म अचम्ममा परें । र, दुई पटक त मैले हजारका दरले उसलाई ईनाम नै दिएँ ।' अनुवभ प्रोडक्सन कन्ट्रोलर एवं कलाकार अरुण रेग्मीका छोरा हुन् । फिल्ममा निर शाह पनि प्रमुख कलाकारको रुपमा छन् । कात्तिक २४ गते देखि देशब्यापी रलिज टार्गेट राखिएको उक्त फिल्मको बजेट रिलिज मिति सम्म ५० लाख पुग्ने बताईएको छ । फिल्मलाई वान टाईम सिनेमा प्रालिको ब्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् ।