Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`त्यो मेरो धोका हैन`: निर्माता रावल

फिल्मीखबर, काठमाण्डौ, 2012/08/11

बिहिबार आफ्नो बिषयमा प्रकाशित भएको समाचार प्रति सायद फिल्मका निर्माता सुनिल रावल ध्यानाकर्षण गराएका छन् । फिल्मीखबरमा प्रकाशित समाचारको बिषयमा आफ्नो धारणा राख्दै निर्माता रावलले आफू माथी लागेको आरोपको खण्डन गरे ।

 

निर्देशक प्रदीप श्रेष्ठ र सबिर श्रेष्ठलाई एग्रिमेण्ट गरेको तर धोका नदिएको सुनिलले बताए । उनले भने, 'उहाँहरूलाई अग्रिमेण्ट गरेको हो तर धोका दिएको हैन । मैले जुन कुनै बेला पनि उहाँहरूसँग काम गर्न सक्छु ।' आफू यो क्षेत्रमा नयाँ भएको र केहि राम्रो गर्न चाहेकाले समयानुसार दर्शकको ध्यानलाई मध्यनजर गरेर फिल्म बनाउने बताउँदै एग्रिमेण्ट गरेका निर्देशकहरूलाई दिएको पैसा पनि खेर जान नदिने उनको आशय थियो । उनी भन्छन्, 'भोलीका दिनमा म उहाँहरूसँग काम गर्न सक्छु । त्यसैले म माथी लागेको ठगीको आरोपमा सत्यता नभएको प्रस्ट पार्न चाहन्छु ।'

 

सुनिलले निर्देशक दिवाकर भट्टराईले स्क्रिप्ट कन्सेप्ट चोरेको आरोपको बारेमा भने, 'मैले उहाँको कथा सुनेको हो तर चोरेको छैन । मैले बनाउन लागेको फिल्मको कथा नै बेग्लै छ जुन उहाँको कन्सेप्टसँग कत्ति पनि मेल खाँदैन ।' सुनिलले दाबी गरे पनि यो बिबादले अझै टुंगो भने पाएको छैन । दिवाकरले सुनिल बिरूद्ध विकास बोर्डमा उजुरी दिएकाले बोर्डको निर्णयलाई दुबै पक्षले कुरेको छ । सुनिलले होस्टेल नामक फिल्मको स्क्रिप्ट बोर्डमा दर्ता गरिसकेका छन् । जसले गर्दा सुनिल कानुनी रूपमा आफू सबल रहेको बताएका छन् ।

 

दिवाकरले होस्टेल नाम आफूले सुनिललाई सुनाएको बताउँदै आएका छन् भने सुनिलले दिवाकरलाई होस्टेल नाम लिन चाहे दिने बताउँदै आएका छन् । यदि बिबादले चर्को रूप लिंदै गएमा र बोर्डले सुनिलको होस्टेल नाममा रोक नलगाएमा सो नाममा सुनिलले फिल्म बनाउन सक्ने संकेत पनि देखाएका छन् । बोर्ड एक सदस्य भन्छन्, 'सुनिलले दर्ता गरेको होस्टेल नाम र सो फिल्मको स्क्रिप्टमा रोक लाग्ने संभावना निकै कम छ किनकी दिवाकरले दाबी अनुसारको यथेस्ट प्रमाण जुटाउन सकेका छैनन् ।' हेरौं यो बिबादले कुन रूप लिने हो ।