Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धुवाँ यो नशा यूनिटमा दुर्घटना

फिल्मीखबर, काठमाण्डौ, 2012/08/11

ज्योतिष शास्त्रलाई आधार मान्ने हो भने यो बर्ष समग्र फिल्म उद्योगमा शनिको प्रभाव परेको छ । जसकारण शनिको प्रभावले दुर्घटनाको श्रृङखला हुनु स्वाभाविक पनि हो  र यसै श्रृङखलाको नयाँ अध्यायमा धुवाँ यो नशा यूनिट पनि थपिएको छ ।


हिरोईनको ब्यक्तिगत भ्रमणका कारण बाँकी सुटिङ गर्न बञ्चित सो टिमका एक प्राविधिक ठूलो दुर्घटनामा परेका छन् । हिजो राति १२ बजे एक सिनका लागि बुढानिलकण्ठ लोकेशनबाट जोरापाटी 'मुभ' हुने क्रममा महाराजगंज चप्पल कारखाना अघि सो यूनिटका एक प्राविधिक दुर्घटनामा परी नराम्ररी घाईते भएका हुन् । साउन्ड म्यान भीम बहादुर खड्का 'भूमि' ले चलाएको बा २८ प ४६८९ नम्बर मोटरसाईकल सडक छेउमा रोकि राखेको बा ७ च ८८१२ नम्बरको कारमा ठोक्किन पुगेपछि अहिले ती प्राविधिकको अनुहार नचिनिने गरी स्क्रयाच भएको छ ।


प्रोडक्सन डिजाईनर प्रकाश महराका अनुसार भूमिको अनुहारका सवै भागमा गहिरो चोट लागेपछि प्लास्टिक सर्जरी गर्नु पर्ने स्थिति आएको छ । भूमिको पछाडी स्पट ब्याय कृष्ण  लामा बसेका थिए जो सामान्य घाईते भई अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । महाराजगंज प्रहरी बृत्तले दिएको जानकारी अनुसार पानी परिरहेको अवस्थामा रोकिराखेको कारमा सो बाईक पछाडीबाट ठोक्किएको थियो । जुन ठोक्काई संगै बा २४ प २२५ नम्बरको अर्को बाईकले पुनः सो कारलाई ठक्कर दिएपछि माहोल थप अनियन्त्रित भई हातपातको स्थिति समेत भएको थियो । 

 

हातपातको स्थितिमा भीमबहादुरलाई पनि चोट लागेको थियो भने कृष्ण आफूलाई बचाउदै भाग्न सफल भएका थिए । यध्यपी सुकेधारा प्रहरी चौकीमा रहेका केही प्रहरी र ट्राफिकको सहयोगमा घटनास्थल नियन्त्रणमा आएपछि समग्र घटनाको अनुसन्धान महाराजगंज प्रहरी बृत्तले सुरु गरेको हो । कारको पछाडीको सिसा फुटेको बताईएको छ भने सो कार र दुई वटै बाईक अहिले बृत्त परिसरमा छन् । कार भित्र मध्य रातमा मदिरा सेवन गरी चालक र उनका साथी रहेको बताईएको छ ।


'चार घण्टाको सुटिङ पश्चात एक सिन पनि सकौं न त भन्दै हामी जोरपाटी स्थित चापागाई स्टूडियो जाँदै थिऔं तर जाँदाजाँदै दुर्घटना भएपछि सुटिङ रोक्न फेरी बाध्य हुनु परेको छ', प्रोडक्सन डिजाईनर महराले बताए । यहि भदौ २२ देखि देशब्यापी रिलिज हुन लागेको आर्यन सिग्देल तथा निशा अधिकारी स्टारकाष्ट उक्त फिल्मको तीन दिनको सुटिङ बाकी थियो । बल्ल बल्ल सुरु भएको सो सुटिङमा दुर्घटनाका कारण पुन: अबरोध आउदा फिल्म निर्माण कम्पनी रिजाल एण्ड रिजाल प्रोडक्सनको तनाव फेरी चुलिएको छ । घाईते खड्काको उपचार टिचिङ हस्पिटल महाराजगंजमा भईरहेको छ । 


नोट : यस अघि पछिल्लो डेढ महिनाको अवधिमा प्रमिश र मञ्जरीको सुटिङमा पनि पटक-पटक दुर्घटना भएको थियो ।