असार ८ बाट राजधानी र १५ गतेवाट मोफसलका विभिन्न हलहरुमा प्रर्दशन भई दर्शकको माया पाएको फिल्म 'किन लाग्छ माया' आज शुक्रवारवाट पश्चिमका आधा दर्जन वढी हलहरुमा प्रर्दशन भइरहेको छ ।
प्रर्दशनको सुरुवातसंगै पश्चिमका दर्शकहरुको साथ पाएको फिल्म किन लाग्छ मायाले भुरीगाउँको भुमी चलचित्र भवनमा विगत एक वर्ष देखीको रेकर्ड ब्रेक गरेको हलका म्यानेजर श्याम खतिवडाले फिल्मीखवरलाई जानकारी गराए । उनले गत वर्षको दशैदेखी हालसम्म प्रर्दशनमा आएका कुनै पनि फिल्मले यतिको व्यापार नगरेको समेत जानकारी गराउदै अत्यधिक दर्शकको भिडका कारण दर्शकको मागलाई मध्यनजर गर्दै राती ८ वजेको सो पनि राम्रो चलेको वताए ।
आफ्नो फिल्म प्रर्दशनको पहिलो दिन नै निर्माता शक्तिवल्लभ घोरासैनी वर्दियाको भुरीगाउँमा आइपुगेका छन् । पहिलो दिनमा नै फिल्मले व्यावसायिक सफलता पाएको देखेर निर्माता घोरासैनीले वर्दियाली दर्शकले आफ्नो फिल्मलाई सोचेको भन्दा पनि वढी माया गरेको वताए । मायाप्रेम साथै सामाजिक कथाबस्तुमा आधारीत फिल्ममा निखिल उप्रेती, झरना थापा, राजवल्लभ कोइराला, गरीमा पन्त, शंकर लामिछाने लगाएतको मुख्य भुमिका रहेको छ ।
गोपालचन्द्र लामिछानको निर्देशन रहेको फिल्ममा लक्ष्मण शेषको संगीत, अविनाश श्रेष्ठको कथा रहेको छ ।

