मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जिगोलोको गीत रेकर्डिङका लागि अर्जुन मुम्बई जाँदै

फिल्मीखबर, काठमाण्डौ, 2012/08/10

पुरूष वेश्याको कथामा निर्माण गर्न लागिएको फिल्म जिगोलोको गीत रेकर्डिङका लागि संगीतकार अर्जुन पोखरेल आज मुम्बई प्रस्थान गर्दैछन् । साँझको विमानबाट उनी एक साताका लागि मुम्बई जान लागेका हुन् ।
 

नेपाली र हिन्दी भर्सनमा निर्माण गर्न लागिएको सो फिल्ममा ३ वटा गीत राखिने छ । संगीतकार पोखरेलका अनुसार नेपाली र हिन्दी भाषामा फिल्मको सुटिङ गरिनेछ र गीत पनि नेपाली र हिन्दी दुबै भाषामा रेकर्डिङ गरिनेछ । नेपाली भर्सनको जिगोलोलाई प्रभाकर श्रेष्ठ र राजु श्रेष्ठले निर्माण गर्नेछन् भने हिन्दी भर्सनको जिगोलोलाई आसामका नेपालीहरूले निर्माण गर्नेछन् ।

 

यस्तै अर्जुनले मुम्बई बसाईको क्रममा बसन्त निरौलाले निर्माण गर्न लागेको फिल्म टाईमको एक गीत पनि रेकर्डिङ गर्नेछन् । अर्जुनको साथमा गीतकार दयाराम पाण्डे, निर्माता प्रभाकर श्रेष्ठ सहितको एक टोली मुम्बई जान लागेको हो ।