मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुपा सुवेदी जानेछिन् सुमन सिंहसँग डेट

फिल्मीखबर, काठमाण्डौ, 2012/08/10

बिहिबार परेको बर्थडेबाट  सुमन सिंह कति औँ बर्षमा प्रवेश गरे भन्ने प्रश्नको सहित उत्तर दिदै अनुपा सुवेदी डेटमा जाने भाग्यशाली बिजेता भएकी छिन् । अनुपाले सुमनको सहि उमेर ३० बर्ष भनी गेस गर्दै डेटमा जाने अवसर पाएकी हुन् ।

 

२०३९ साल श्रावण २५ गते धनगडीमा जन्मिएका सुमन हाल काठमाण्डौ महाराजगञ्ज स्थित बाँसबारीमा परिवार सहित बस्छन् । २९ बर्षको उमेर सम्म घर भन्दा बाहिर केक नकाटेका सुमनले यो पटक भने घर बाहिर पनि दुई  ठाउँमा केक काटे । उनीद्धारा अभिनित दुई फिल्म सौभाग्य र धमाका आज शुक्रबारबाट रिलिज भएकाले सो फिल्मको प्रोमोशन स्वरुप उनले हिजो दिउँसो गोपीकृष्ण टिभी फिल्मी परिवारसंग केक काटे भने साँझ पुरानो बानेश्वर स्थित हिरो मुकेश आचार्यको क्याफे ३२ मा अर्को  केक काट्दै बर्थडे मनाए ।


सामान्य भेटघाटका लागि आएका बेला मुकेशले सुमनलाई सप्राईज दिदै बर्थडे वीस गरे । केक काटे पश्चात सुमनले रंङका निर्देशक रोशन हमाललाई सुरुमा केक खुवाए भने त्यस पश्चात मुकेशलाई । मुकेश पनि रङका एक प्रमुख कलाकार हुन् । सुमनले हिजो दिउँसो फिल्मको प्रोमोशन सहित साथीभाई माझ केक काटे भने साँझ आफ्नै परिवारको अगाडी पनि केक काटे ।

 

'निकै रमाईलो भयो यस पटक मैले सोचेकै थिईन बर्थडे पनि यसरी रमाईलो हुन्छ भनेर', शुक्रबार बिहान फिल्मीखबरसंगको कुराकानीमा उनले भने । आफ्नो उमेर पत्ता लगाउने अनुपालाई सुमनले एक हप्ता भित्र डेटमा लग्ने पनि बताएका छन् । तर त्यसका लागि बिजयी अनुपाले फिल्मीखबरको अफिसियल ईमेल [email protected] मा सम्पर्क गर्नुपर्ने छ ।


क्याफे ३२ मा बर्थडेका तस्बिरहरु -