मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुकुलगुण्डालाई दिनेश डिसीले निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/08/09

रहस्यको घैटो फोड्दै निर्माता प्रदीप उदयले आफ्नो अपकमिङ फिल्मलाई दिनेश डिसीले निर्देशन गर्ने रहस्य सार्वजनिक गरेका छन् । एक महिने यूरोप भ्रमणमा निस्कनु अघि बिहिबार साँझ त्रिभुवन अर्न्तराष्ट्रिय विमान स्थलमा उनले आफ्नो नयाँ प्रोजेक्टलाई दिनेश डिसी बाहेक अरु कसैले न्याय गर्न नसक्ने भन्दै निर्देशकको रुपमा उनलाई  चयन गरिएको बताए ।

 

सुरुमा उनले नयाँ निर्देशकलाई लिएर सुकुलगुण्डा निर्देशन तयारी गरेका थिए भने बेला बेलामा आफैले पनि उक्त फिल्म निर्देशन गर्न सक्ने बताउदै आएका थिए । तर यूरोप भ्रमणसंगै उनले सुकुलगुण्डाको क्याप्टेन डिसी निश्चित भएको बताए । एक्सन कमेडी उक्त फिल्मको सुटिङ 'हिरोईन' निर्देशन पश्चात डिसीले गर्ने छन् । हिरोईन रोज राणाको लगानीमा बन्न लागेको फिल्म हो जसको सुटिङ भदौ महिना देखि सुरु हुँदैछ ।


विशेषत मायाज बारमा डिसीले देखाएको उच्च कोटीको मेकिङबाट प्रभावित हुदै प्रदीपले उनलाई आफ्नो नयाँ फिल्मको क्याप्टेन चयन गरेका हुन् । 'मायाज बार हेरेपछि जुन मेकिङ शैली मैले देखे त्यहि बेलादेखि सुकुलगुण्डा उहाँलाई निर्देशन गर्न दिने निर्णय गरेको हुँ', एयरपोर्टमा उदयले भने । यता निर्देशक डिसी पनि एक पछि अर्को प्रोजेक्टको अफरले दङ्ग छन् । अहिले उनको दैलोमा धेरै निर्माताहरुले फिल्म निर्माणका लागि प्रस्ताव गर्ने पनि गरेका छन् तर कलिउडका पावरफुल निर्माता भएका कारण उनले प्रदीपको फिल्मलाई निर्देशन गर्ने निर्णय लिईसकेका छन् ।

 

यस्तै यो बिषयमा डिसीसंग कुरा गर्दा उनले भने, 'म एउटा फिल्मको सम्पूर्ण काम नसकि अर्को फिल्ममा हात हाल्ने छैन त्यसैले हिरोईन कम्प्लिट हुनासाथ सुकुलगुण्डा सुरु गर्छु अनि प्यास ।' प्यास दुबईको राजपरिवारले लगानी गर्ने एक महत्वकांछी प्रोजेक्ट हो जसको निर्देशनका लागि डिसीले पाँच करोड बजेट छुट्याएका छन् ।


बैङकर श्रीमतीका साथ एक महिने भ्रमणमा निस्किएका उदय सुरुमा डेनमार्कको कोपनहेगनमा दुई दिन रहने छन् भने त्यस पछि दुई दिन नर्वे, दुई दिन स्वीडेन हुँदै पुनः कोपनहेगन फकिई एक साता विभोरमा बिताउने छन् । यस्तै उनी जर्मन, बेल्जियम र स्वीटजरल्याण्डमा पनि श्रीमतीका साथ रोमान्स गर्ने छन् । उनी भदौ २४ गते आईतबारका दिन नेपाल फर्किने छन्   ।