मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्ल्याक डायरीमा भुवन केसीको केमियो

फिल्मीखबर, काठमाण्डौ, 2012/08/09

अनमोल केसीलाई लिड रोलमा खेलाउने भन्दै प्रचारवाजी गर्दै आएको ब्ल्याक डायरी यूनिटले अन्तत: भुवन केसीको केमियो रोलमा चित्त बुझाउनु परेको छ ।

 

भुवन केसीका प्रेस सल्लाहकार एवं मित्र सविन शाक्यको प्रस्तुतीमा आउदो भदौ १ देखि निर्माण हुन लागेको ब्ल्याक डायरी अनमोललाई लिड रोलमा खेलाउने भनी निर्माण यूनिटले प्रचारवाजी गरेको थियो तर बिहिबार आयोजित प्रेस मिटमा अनमोल उपस्थित नभएपछि सो यूनिटको प्रचारबाजी खेर गएको हो । यध्यपी अनमोलले सो फिल्ममा नखेले पनि पिता भुवन केसीले भने छोटो भूमिका निर्वाह गर्ने भएका छन् ।

 

बाईक स्टण्डमा आधारित उक्त फिल्मलाई क्याट भिजन प्रोडक्सनको ब्यानरमा सुजनले निर्देशन गर्ने छन् भने कलाकार पनि सवै नयाँ राखिएका छन् । राजधानी सहितका आसपासका क्षेत्रमा सुटिङ हुने भनिएको सो फिल्मको शुभ मुर्हत बाईक स्टण्ड देखाउदै गरियो । 'यो फिल्ममा मेरो छोटो भूमिका छ त्यसैले सके सम्म सानै भएपनि राम्रो काम गर्ने छु', शुभमुहुर्त समारोहमा भुवन केसीले भने ।

 

होम प्रोडक्सन बाहिरको फिल्म नखेल्ने बताउदै आएता पनि भुवनले यो फिल्म आफ्ना मित्रको आग्रह टार्न नसक्दै गर्न लागेको पनि बताए । सविन शाक्य विगत दुई दशक देखि फिल्म पत्रकारितामा सक्रिय छन् जसले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् । कात्तिक १० गतेका लागि रिलिज मिति समय तय गरिएको उक्त फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्ने छन् भने संगीत चेतन सापकोटा, मनोज राजभण्डारी र कमल खत्रीको रहने छ ।