
हिरो सुमन सिंहको आज बर्थडे परेको छ । ईमान्दार छवि बनाएका यि हिरोले आज बिहान घर नजिकैको नारायणथानको मन्दिर पुगि नायरायणको दर्शन गरे भने संगै रहेको कृष्ण मन्दिरमा कृष्णजीको बर्थडे वीस गर्न पनि भ्याए ।
तिथिको हिसावले सुमन नागपञ्चमीको दिन जन्मिएका हुन् तर संयोगले यो बर्ष भगवान कृष्णजीको जन्मदिनसंग उनको जन्म मिति मिलेको छ । फिल्म लाईनमा प्रवेश गरेको समय देखि हाल सम्म कुनै पनि युवतीसंगको गसिप म्याटर नबनेका यि सोझा हिरोले आफ्नी आमाको साथमा मन्दिरमा पुजा आजा गरे भने दिन दु:खीलाई पहेंलो कलरको केही थान टि-सर्ट पनि दान गरे ।
'ज्योतिष हरिहर अधिकारीको सल्लाह अनुसार आज मैले पहिलो मिठाई र केही पहेंलो बस्त्र मुमाको साथमा वितरण गरे त्यसैले आज बर्थडेमा मेरो विशेष कार्यक्रम भनेकै यति हो', नारायणथान मन्दिरबाट बाहिरिदै गर्दा फिल्मीखबरसंगको कुराकानीमा सुमनले भने । आजको दिन विशेष भगवानसंग के संकल्प गर्नु भयो नी भन्ने फिल्मीखबरले गरेको प्रश्नमा सुमनले आफूलाई भगवानको अगाडी केही माग्न नआउने भन्दै पुजा बाहेक अन्य कुरामा ध्यान नगएको बताए ।
झण्डै साठ्ठीको हाराहारीमा फिल्म खेलिसकेका सुमनको सम्झन योग्य फिल्म संख्या निकै कम छ तर कलिउडमा उनी विजी स्टारले परिचित छन् । किनकी उनी पन्ध्र दिन भन्दा ज्यादा खालि बसेको रेकर्ड छैन । उनीद्धारा अभिनित दर्जनौ फिल्म रिलिजको लिष्टमा छन् तसर्थ यो बर्ष उनीद्धारा अभिनित एक दर्जन फिल्म रिलिज हुने निश्चित पनि भएको छ ।
यस्तै सुमनले आफ्ना फ्यानहरुसंगको निकटता बढाउन फिल्मीखबरसंगको सहकार्यमा बर्थडे डेटिङ कन्सेप्ट ल्याएका छन् । आज उनको कति औं जन्म हो त्यो पत्ता लागाउने एक फ्यानलाई उनले एक हप्ता भित्र डेटमा लग्ने छन् । उनी आजबाट कति बर्षमा प्रवेश गरे कमेन्ट बक्स वा फिल्मीखबरको इमेल [email protected] मा गएर उमेर गेस गर्नुस् र उनीसंग डेटमा जाने मौका नछुटाउनुस् । सहि उमेर मिलाउने एक जनाको नाम गोला प्रथा गरी शुक्रबार बिहान सार्वजनिक गरिने छ ।