मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्यूजिक खबर अवार्डमा किन लाग्छ माया

फिल्मीखबर, काठमाण्डौ, 2012/08/09

२२ विद्या समेट्दै बुधबार साँझ आयोजित म्यूजिक खबर म्यूजिक अवार्डमा फिल्म तर्फको चार विद्यामा किन लाग्छ माया अगाडी देखिएको छ ।


गत असार ८ गतेदेखि देशब्यापी रिलिज भएको सो फिल्मको सांगितिक पक्षले जसरी बजार तताएको थियो सोही अनुरुप संगीत र स्वरमा यो फिल्मले आफूलाई उक्त अवार्डमा फिल्म तर्फको चार मध्ये दुई बिद्यामा अब्बल ठर् याएको हो । सो फिल्मलाई पुरुष पाश्र्व गायन तर्फ शिर्ष गीत 'किन लाग्छ माया...' बाट प्रमोद खरेल र संगीत तर्फ लक्ष्मण शेष मार्फत अवार्ड दिईएको हो । फिल्मलाई शक्तिबल्लभ घोरासैनीको निर्माणमा गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।

 

अनलाईन पत्रिका म्यूजिक खबर डटकमको प्रस्तुतीमा पहिलो पटक आयोजित उक्त कार्यक्रममा गीत रचना तर्फ भनिदेऊ न माया गर्छुबाट शान्ति प्रियले अवार्ड पाए भने महिला पाश्र्व गायनमा अन्दाज फिल्मको सिम्पल सिम्पल कान्छी बोलको गितले माण्डवी त्रिपाठीको पोल्टोमा अवार्ड पुर्‍यायो ।