पहिलो सन्तान जन्मिएको तीन महिनामै अर्को गर्भधारण गरेकी अभिनेत्री संचिता लुईटेल दोस्रो सन्तान प्राप्तिका लागि आज अस्पताल भर्ना भएकी छिन् । दोस्रो सन्तानको डेलिभरी डेट आएपछि उनी आज थापाथली स्थित नर्भिक अस्पताल भर्ना भएकी हुन् ।
संचिताको पारिवारिक श्रोतले दिएको जानकारी अनुसार सिजेरियन (अप्रेशन) गरी संचिताको कोखबाट भोली कृष्ण अष्टमीको दिन उनको दोस्रो सन्तान झिकिदैछ । यध्यपी नर्मल डेलिभरी हुन्छ वा हुँदैन भन्ने जानकारी लिन उनको आजै राति एक बजे अल्ट्रासाउन्ड पनि गरिदैछ । अल्ट्रासाउन्ड मार्फत उनको कोखमा रहेको बच्चाको अवस्था र प्लेसेन्टा (सालनाल) को अवस्थालाई मध्यनजर गरी डाक्टरले उनको डेलिभरी डिसिजन लिनेछन् ।
संचिताको पहिलो सन्तानको जन्म पनि गत बर्षको कृष्ण जन्माष्टमीको दिन भएको थियो । जसकाकारण उनको छोरालाई कृष्ण भनेर केही मिडियाले ट्याग पनि दिए तर यो पटक छोरा जन्मिन्छ वा छोरी त्यो चासोको बिषय बनेको छ । गत बर्ष डेलिभरी हुँदा उनको साथमा निखिल उप्रेती संगै थिए तर यो पटक निखिल बुधबार साँझ सम्म नेपाल आईसकेका छैनन् । उनको कोखबाट बिहिबार साँझ सम्म बच्चा निकालिने खबर फिल्मीखबरलाई प्राप्त भएको छ ।

