
तुलसी फिल्मको रिलिजका लागि हिरो बिम्लेष अधिकारी आज अपरान्ह अष्ट्रेलिया तर्फ उडेका छन् । क्यामेरा फेसको हिसावमा उनको पहिलो फिल्म तुलसी यहि अगष्ट २६ तारिख (भदौ १० ) मा अष्ट्रेलियाको क्यानबेरामा रिलिज हुँदैछ ।
फिल्मको यूरोप रिलिजका लागि भने निर्देशक शंकर घिमिरे विगत तीन हप्ता देखि यूरोपमा छन् । तुलसीमा पण्डित बाजेको भूमिका निर्वाह गरेका बिम्लेष म्यूजिक भिडियोमा भेरियसन दिने मोडलको रुपमा पनि परिचित छन् । तुलसीको विशेष शो भदौ दोस्रो हप्ता भएपनि उनी दशै सम्म अष्ट्रेलियामा हुनेछन् । किनकी उनको परिवार त्यही भएकाले यसपालिको दशै उनको उतै वित्न लागेको हो ।
एप्लाई गरेको पाँच दिनमै अर्थात श्रावण १५ गते अष्ट्रेलियन राजदुतावासबाट भिसा पाएका उनी दुई दिन भने थाईल्याण्डमा रहेका आफ्ना मित्रको रहने छन् । साथीलाई थाईयाण्डमा दुई दिन टाईम दिएपछि उनी अष्ट्रेलिया हानिने छन् । 'अलिक कस्तो-कस्तो फिल भईरा'छ', देश छाड्नु अघि एयरपोर्टमा कुरा गर्दै बिम्लेषले फिल्मीखबरसंग भने । उनीद्धारा अभिनित लभस्टोरी फिल्म मुटु पनि रिलिजको तयारीमा छ । मुटुमा बिम्लेषले म्यूजिक भिडियोमा राम्रो पेयर बनाएका केकी अधिकारीसंग पहिलो पटक फिल्मी रोमान्स गरेका छन् ।
Tulsi Promo : http://www.filmykhabar.com/videos/movie-promo/182