मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक समाजले तीन सदस्यको स्पष्टीकरण माग्ने/ घले गाउँमा वर्कशप गर्ने योजना

फिल्मीखबर, काठमाण्डौ, 2012/08/08

 लगातार तीन वा सो भन्दा बढि कार्यसमितीको मिटिङमा उपस्थित नहुने सदस्यलाई स्पष्टिकरण माग गर्ने प्राबधान चलचित्र निर्देशक  समाजको बिधानमा  उल्लेख  छ  र यहि बिधानलाई पालना गर्दै निर्देशक समाजले  कार्यसमितीका तीन सदस्यलाई स्पष्टिकरणका लागि पत्र काट्ने भएको छ ।
 
 

समाजका महासचिव राजेन्द्र उप्रेतीले दिएको जानकारी अनुसार कार्यसमितीका तीन सदस्य शोभित बस्नेत, रामजी लामिछाने र श्याम भट्टराई अहिले सम्म एक पटक पनि कार्यसमितीको मिटिङमा उपस्थित भएका छैनन् । त्यसैले आज बसेको बैठकले ति तीन सदस्यलाई स्पष्टिकरण मागका लागि भोली पत्र काट्दैछ । यदि चित्त बुझ्दो जवाफ नआएमा समाजले ति सदस्यलाई निकाल्न पनि सक्छ ।

 

यस्तै समाजको आज बसेको बैठकले आगामी असोज महिनाको अन्तिममा फिल्मी कार्यशाला गर्ने भएको छ । कार्यशाला संयोजक समेत रहेका महासचिव उप्रेतीका अनुसार फिल्म, संस्कृति र पर्यटनको बिषयमा राष्ट्रिय स्तरको कार्यशाला गरिने छ । कार्यशालाका लागि अहिले पहिलो प्राथमिकतामा लमजुङको पर्यटकिय क्षेत्र घले गाउँलाई चुनिएको छ । सो स्थानको बारेमा बुझ्न समाजको एक टोली आगामी साता घले गाउँ समेत जाने तयारीमा छ ।

 

यसअघिको कार्यसमितीले गर्दै आएको अर्न्तराष्ट्रिय स्तरको कार्यशालालाई निरन्तरता दिंदै समाजले असोजमा राष्ट्रिय स्तरको कार्यशाला गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यशाला पछि अर्न्तराष्ट्रिय स्तरको कार्यशाला गर्ने महासचिव उप्रेतीले बताए ।