मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुमिनाले खोलिन ब्यायफ्रेन्ड रहस्य

फिल्मीखबर, काठमाण्डौ, 2012/08/08

यस अघिका विभिन्न ईन्टरभ्यूमा ब्यायफ्रेन्ड नरहेको भनी दिदै आएको स्टेटमेन्टलाई अचानक परिवर्तन गर्दे हिरोईन सुमिना घिमिरेले ब्यायफ्रेन्ड भएको खुलाशा गरेकी छिन् ।

 
बुधबार नागरिक दैनिकमा प्रकाशित एक समाचारमा उनले आफू विगत एक बर्षदेखि कसैको प्रेमसम्बन्धमा रहेको खुलाएकी हुन् । उनले आफ्नो प्रेमी ब्यापारी रहेको र हाल लण्डनमा रहेको पनि खुलाएकी छिन् । यति सम्मकी दुवै जना जति सुकै काममा ब्यस्त भएपनि दिनको छ पटक सम्म फोन सम्बाद पनि हुने गरेको सुमिनाले सो पेपरलाई ईन्टरभ्यू दिएकी छिन् । उनले दुई-दुई महिनामा ब्यायफ्रेन्ड नेपाल आउदा डेटिङमा समेत जाने गरेको रहस्य पनि सार्वजनिक गरेकी छिन् ।  
 
 
सुमिनाले ब्यायफ्रेन्डको उमेर आफ्नो भन्दा चार बर्ष बढी भएको बताएकी छिन् भने पारिवारिक रुपमा पनि एक अर्काको परिचय भईसकेको उनले खुलाएकी छिन् । ब्यायफ्रेन्डको हौसलाले फिल्मी अभिनयमा झन् उत्साह बढेको भन्दै उनले अभिनयको यात्रालाई नरोक्ने पनि बताएकी छिन् । उनले आफ्नो फष्टलभलाई बिहेमा परिणत गर्ने सोच पनि बनाएको उक्त न्यूजमा उल्लेख गरिएको छ तर त्यसका लागि चार बर्ष अझै कुर्ने सुमिनाले तर्क दिएकी छिन् ।
 
ब्यायफ्रेन्डको नाम सार्वजनिक नगरेकी सुमिनाको एक बर्ष अघि पारिवारिक जमघटका बिच ती पूरुषसंग आँखा जुधेको थियो जुन आँखा जुधाईसंगै आएको प्रेम प्रस्तावलाई स्विकार गर्न उनले दुई महिना लगाएकी थिईन् । छोटो समयमा एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी सुमिना भोलि बिहिबार देखि सुटिङ सुरु हुने लभ फरईभरमा ब्यस्त हुनेछिन् भने असोज दुई देखि गोपीकृष्ण मुभिजको ह्वाईट हाउसमा । उनीद्धारा अभिनित फिल्म हेल्लो प्रकृति यहि भदौ एक देखि प्रदर्शन हुदैछ भने रंग र माई ब्रदरको पनि रिलिज मिति नजिकिएको छ । 
 
हेल्लो प्रकृतिमा सुमिनाको अभिनय कस्तो छ प्रोमो हेर्नुस !