मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालबाट विग सिनेमा बाहिरिदै

प्रकटकुमार शिशिर, काठमाण्डौ, 2012/08/08

नेपालमा सिनेमा कम्पलेक्सको अवधारणा भित्राएको बिग सिनेमाज नेपालबाट बाहिरिने भएको छ । राजधानी सहित देशका विभिन्न सहरमा मल्टिप्लेक्स सिनेमा हल खोल्ने महत्वकाँक्षी योजना सहित २ बर्ष अघि नेपाल भित्रेको बिग सिनेमाजले एनएलआईसी सिटी सेन्टरसँग गरेको पाँच बर्षे सम्झौता अघि नै फर्केन लागेको हो । 

 
भारतिय कम्पनी रिलायन्सको मिडिया वर्क्सको व्यवस्थापनमा सञ्चालित विग सिनेमा नेपालमा सम्भावना नदेखेर फर्केन लागेको विग सिनेमा स्रोतले जानकारी दिएको छ । विग सिनेमा र सिटी सेन्टरको ५ बर्षको सम्झौता भएपनि सम्झौता सकिन ३ बर्ष अघि नै बाहिरिन लागेको हो । विग सिनेमाको स्वामित्व र व्यवस्थापन अब नेपालको साँघाई ग्रुपले लिएको छ । रिलायन्स मिडिया वर्क्सले ३ बर्ष अघि रेभ इन्टरटेण्टमेण्ट एण्ड फुड्स नेपाल प्राली एडिस्नल कम्पनी नामक कम्पनी दर्ता गरेर त्यसको बर्ष दिन भित्रमा विग सिनेमा संचालन  गरेको थियो ।
 
नेपालमा सम्भावना नदेखेर नै विग सिनेमाले हात झिकेको साँघाई ग्रुपका निर्देशक गोविन्दलाल साँघाईले बताए । नेपालमा राजधानीमा सहित विभिन्न सहरमा मल्टिप्लेक्स हल संचालन गर्ने लक्ष्यसहित नेपाल प्रवेश गरेको विग सिनेमाले राजधानीबाट नै सम्भावना नदेखेपछि बाहिरिएको उनले बताए । साँघाई ग्रुपले सिटी सेन्टरमा एनएलआईसीको प्रवद्र्धनसँगै लगानी गरेको छ । रिलायन्स मिडिया वर्क्सले भारत नेपाल मलेशिया तथा अमेरिकामा मल्टिप्लेक्समा लगानी गरेको छ । मल्टिप्लेक्सबाट रिलायन्सले भारत बाहेक अन्य देशबाट नाफा गर्ने सकेको छैन । नाफा नहुन र अन्य सम्भावना नदेखेपछि विग सिनेमा नेपालबाट बाहिरिन लागेको हो । 
 
 
'हामी जे सोचेर नेपाल प्रवेश गरेका थियौं त्यस्तो सम्भावना देखिएन त्यसैले हात झिक्नु परेको हो', विग सिनेमा नेपालका म्यानेजर भरत सिंह किशोरियाले बताए । तर विग सिनेमा विक्री गरिएको भन्ने विषयमा उनले प्रतिक्रिया भने दिन चाहेनन् । १० करोड रुपैयाँमा संघाई ग्रुपले बिग सिनेमा खरिद गरिएको स्रोतले बताए पनि साँघाई ग्रुपले खरिद नभई स्वत: स्वामित्व लिएको जनाएको छ । साँघाई ग्रुपका गोविन्दलाल साँघाईले रिलायन्सले नेपालमा लगानी नै नगरेका कारण खरिद विक्रीको कुरा नै नभएको बताए । 'व्यवस्थापन मात्र उनीहरुको थियो लगानी त सुरुबाट नै हाम्रो थियो त्यसैले यसमा खरिद विक्रीको कुरा नै भएन', उनले भने । विग सिनेमाले हल र रेष्टुरेण्ट सिनेस्टार कम्पनीलाई बेचेको बताइए पनि अहिले सिनेस्टार कम्पनी पनि साँघाई ग्रुप अन्तर्गत आइसकेको सिनेस्टार कम्पनीका राजेन्द्र अर्यालले बताए ।
 
साँघाई ग्रुप अन्तर्गत अब विग सिनेमा हुनेछ । उद्योग मन्त्रालयको थोरै प्राविधीक काम सकिएपछि यसको नाम पनि परिवर्तन हुन सक्ने उनले बताए । 'सायद विग सिनेमा अब विग मूभिज हुन्छ होला', उनले बताए । गोविन्दलाल साँघाईले पनि विग सिनेमाको नाम राख्न उनीहरुले आपत्ती नजनाए पनि अर्न्तराष्ट्रिय ब्राण्ड भएकाले पूर्ण सहमती भएमात्र विग सिनेमा राख्ने नत्र विग मूभिज राख्ने योजना रहेको बताए । सबै काम सकिए ४ दिन भित्र नाम पनि परिवर्तन हुन्छ उनले बताए ।
 
सिटी सेन्टरको विग सिनेमा भित्र ३ वटा हल र एक रेष्टुरेण्ट रहेको छ । तिन हलमा ९ सय जनाको क्षमता रहेको छ । विगतमा हिन्दी सिनेमा मात्र देखाउने विग सिनेमाले पछिल्लो पटक सहरी मनोवृत्ती बोकेका नेपाली सिनेमा देखाउन थालेको थियो । साँघाई ग्रुपले विग सिनेमालाई १० करोड तिरेर सिनेमा आफ्नो नाममा गरेको स्रोतले जनाएको छ । विग सिनेमाको मूल्याँकन १० करोड २० लाख गरिए पनि १० करोडमा सहमती भएको जनाइएको छ । विग सिनेमा स्रोतका अनुसार एनआईसी बैंकमा रहेको सिनेमाको ऋण पनि साँघाई ग्रुपले तिर्ने सहमती भएको छ । एनआईसीमा ३ करोड ऋण रहेको जनाईको छ । विग सिनेमाले सिटी सेन्टरमा ११ करोड लगानी गरेको जनाएको छ । बाहिरिन लागेको विग सिनेमाले २ करोड नाफा लाने पनि स्रोतले जानकारी दिएको छ ।