मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

मुन्नी पछि नेपालमा कान्छीको बदनाम

फिल्मीखबर, काठमाण्डौ, 2012/08/08

नेपाली फिल्ममा कपिको शृंखला दिन प्रतिदिन बढ्दो छ । कहिले पोस्टर चोरी त कहिले गीतसंगीत अनि कहिले कथा त कहिले पूरै फिल्म नै कपि । यहि कपिको शृंखलामा अर्को फिल्म 'थ्यान्क्यू' पनि थपिएको छ ।


शुरूमा त फिल्मको नाम यसअघि बलिउडमा बनिसकेको छ । अर्को कुरा यो नेपाली फिल्ममा राखिएको प्रस्तुत गीत बलिउडको मुन्नी बदनामबाट पूर्ण रूपमा प्रभावित छ । गीतले नेपालका केहि महिला सेलिब्रेटीलाई छड्के पाराले बदानम गरेको सुन्न सकिन्छ ।

 

सार्वजनिक गरिएको एक मिनेटको गीतमा रेखा थापा, नम्रता श्रेष्ठ र पूजा लामा बदनाम भएको प्रसङ्गलाई प्रस्तुत गरेको  देख्न सकिन्छ । पूरै गीतमा को-को नायिकाको नाम उल्लेख छ त्यो फिल्म हेरेपछि थाहा हुनेछ । फिल्मलाई सुरज प्रधानले निर्माण गरेका हुन् ।

अब यो गीतले नेपाली फिल्ममा कस्तो छाप छोड्ला ? गीत हेर्नुस् अनि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुस् !