मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र बिकास कम्पनीले नयाँ रुप लिदै

फिल्मीखबर, काठमाण्डौ, 2012/08/07

यो हुन जरुरी थियो तर अलि ढिला भयो यध्यपी त्यस्तो धेरै केही बिग्रिएको छैन । विगत केहि बर्ष देखि निजी स्वामित्वमा रहेको चलचित्र बिकास कम्पनीलाई उद्धव पौडेलले आफ्ना कान्छा छोरा निरकलाई हस्तान्तरण गरिदिए जसले नेतृत्व लिएको केहि महिना भित्रमै उत्कृष्ट रिजल्ट दिने तयारी गरेको छ ।


बालाजु औधोगिक क्षेत्रको हाताभित्र रहेको चलचित्र विकास कम्पनीलाई नयाँ रुप दिन अहिले निरकको नेतृत्वमा रहेको नयाँ म्यानेजमेन्टले अर्न्तराष्ट्रिय स्तरको फिल्म प्रशोधनशालाको रुपमा उक्त कम्पनीलाई ढाल्ने तयारी गरिरहेको छ । जसको पहिलो खुड्किलो स्वरुप सो ल्याबमा दुई वटा रेड क्यामेरा सहित रेड फर्मयाटबाट काम गरिने पोष्ट-प्रोडक्सन सेट समेत आउने निश्चित भएको छ । रेड क्यामेरा सिंगापुरबाट झिकाईने बताईएको छ जसले गोपीकृष्ण मुभिजको नयाँ फिल्म ह्वाईट हाउसलाई असोज २ देखि खिच्ने छ ।


'दुई करोडको बजेटमा रेड क्यामेराका लागि चाहिने सम्पूर्ण सेट ल्याईदैछ र साथै कम्पनीको हातालाई केही भब्य रुपमा परिमार्जित पनि गरिदैछ', नयाँ ब्यवस्थापन आएपछि सो कम्पनीमा प्रवन्धकको जिम्मेबारी पाएका माधव पण्डितले जानकारी गराए । पण्डितका अनुसार सो कम्पनीको हाताभित्र रहेको नाजुक अवस्थाको स्टूडियो पनि परिमार्जित गरि  अत्याधिुनिक बनाईदैछ । एक दर्जन फिल्ममा प्रोडक्सन कन्ट्रोलर भई काम गरेका पण्डित ईमान्दर छवि भएका ब्यक्तिको रुपमा पनि चिनिन्छन् जसको केही योजनाले कम्पनीलाई थप माथि पुर्‍याउने बिश्वास नयाँ ब्यवस्थापनले लिएको छ ।

 

चलचित्र बिकास कम्पनीमा गाईडेन्सको रुपमा उद्धव पौडेलको केही भूमिका रहने छ तर सम्पूर्ण नयाँ योजना र निर्णय भने अब निरकबाट हुनेछ । नयाँ जेनेरेशनका निर्देशकहरुको लिष्टमा अटाएका निरकले आफ्नो सेकेण्ड प्रोजेक्ट होमवर्कको सुटिङलाई समेत स्थगित गरि सो कम्पनीको जिम्मेवारी सम्हालेका हुन् । प्रबन्धक पण्डितका अनुसार नयाँ ब्यवस्थापन अर्न्तगत डिजिटल र एनलग गरी दुई सिस्टमको चार सेटबाट अब त्यहाँ फिल्म प्रशोधन हुनेछ भने बार्षिक पच्चिस वटा फिल्म निर्माण पनि अब उक्त कम्पनीले आफै गर्नेछ ।

 

यस्तै सो कम्पनीले सक्रियताका साथ फिल्म प्रदर्शन र वितरण गर्ने नयाँ योजना पनि बनाईएकाले उपयूक्त स्क्रिप्ट बोकेर आउने फिल्म निर्माण कम्पनीलाई १५ देखि ५० प्रतिशत सम्मको लगानी गर्ने योजना पनि बुनेको छ । पहिलो र दोस्रो चरण गरी नयाँ रुप दिईन लागेको सो कम्पनीसंगको साझेदारीमा बलिउडका एक चर्चित अभिनेताले नयाँ प्रॊजेक्ट सुरु गर्ने तयारी पनि गरिरहेका छन्  । तर ती अभिनेता को हुन् त्यो  भने सम्झौता हुनासाथ सार्वजनिक गरिने प्रबन्धक पण्डितको भनाई छ ।