मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका अब आईटम गर्ल

फिल्मीखबर, काठमाण्डौ, 2012/08/07

प्रि-प्रोडक्सनमा रहेको फिल्म 'कलिउड' मा नायिका प्रियंका कार्की आईटम गर्ल बन्ने भएकी छिन् । सोमबार युनिटले फिल्मको एक आईटम गीतका लागि प्रियंकालाई अनुबन्धित गरेको हो ।

 

केहि दिन अगाडी मात्र फिल्म सुटिङका लागि अमेरिकाबाट नेपाल आएका निर्देशक नवराज आचार्यले प्रियंकाको डान्स राम्रो भएका कारण आईटम गीतमा अनुबन्धित गरेको निर्माता कुमार खड्काले फिल्मीखबरलाई बताए । आगामी सोमबार फिल्मको मुहुर्त गरि केहि हप्ता वर्कशप गर्ने अनि मात्र सुटिङमा जाने निर्माता खड्का बताउँछन् ।

 

फिल्मका मुख्य नायक आर्यन सिग्देल केहि दिन अगाडी सोही फिल्मको लोकेशन हन्टिङका लागि कतार पुगेका थिए । कतारमा समेत सुटिङ गर्ने बताईएको सो फिल्मका अर्का कलाकार बिष्णु कार्की वर्कशपका लागि आज कतारबाट नेपाल आईपुग्नेछन् । नवराजले पहिलो पटक निर्देशन गर्न लागेको कलिउडमा आर्यन र बिष्णुको साथमा नम्रता श्रेष्ठ पनि मुख्य भुमिकामा रहनेछिन् ।

 

ब्रजेश खनालले तयार पारिरहेको सो फिल्मको कथा कलिउडमा हुने गरेका संघर्ष, प्राप्ति अनि त्यागका बिषयबस्तुमा केन्द्रित हुने बताईएको छ । फिल्ममा प्रदीप बाँस्तोलाको शब्द तथा संगीत रहनेछ ।