मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.75/5.00)
Text size:-
+
-

बाल्यकालमा चढेको भूत नमरूञ्जेल

रेम बिक, काठमाण्डौ, 2012/08/06

जब कुनै कुराको भूत चढ्छ मानिसले त्यो काम कुनै हालतमा पुरा गरेरै छाड्छ । नेपाली फिल्म हलमा लाग्नै नहुने पोखराका दीपेन्द्र श्रेष्ठलाई पनि फिल्ममा हिरो बन्ने भूत चढ्यो । बाल्यकालमा हलबाट फिल्म हेरेर फर्किएपछि घरमा गएर ठुलो ऐनाको अगाडी रुन, कराउन, हाँस्न र रोमान्टिक हुँदै नाच्न थाल्ने उनी अन्ततः फिल्ममा हिरो भएरै छाडे । 'अब त मेरो सम्पुर्ण जीवन नै फिल्ममा लगाउने निधो गरिसकें', नवनायक दीपेन्द्र केहि गफिन शुरु गरे ।


बाल्यकालमा ऐना अगाडी लुकेर अभिनय गर्दा झ्यालको चियो पार्दै उनकी आमाले हेरेको थाहा पाउँदा यी ठिटो लाजले भुतुक्कै पर्थे रे । बन्द कोठा भित्र छोरा रोएको र रुँदा रुदैँ हाँसेको सुनेपछि सशंकित बन्ने आमा पनि कुनै बेला त छोरामा हिरो बन्ने भूत चढेको देख्दा अवाक बन्ने गर्थिन् । 'हिरो बन्ने चाहना देखेपछि मेरो परिवारले नेपाली फिल्ममा हिरो बन्नका लागी मलाई सहयोग गर्‍यो', नवनायक श्रेष्ठले कुराकानीलाई अझै बढाए- 'परिवार र साथीभाईकै सहयोगको फलस्वरुप अहिलेसम्म मैले ठुला पर्दाका चार वटा फिल्ममा नायकको रुपमा अभियन गरिसकें र अन्य फिल्मबाट पनि अफरहरु आईरहेका छन् ।'



पल्टन, तँ त साह्रै सप्रिस नि बद्री, भेटी र लफडा उनले अभिनय गरेका फिल्महरु हुन् । यी मध्ये तँ त साह्रै सप्रिस नी बद्री प्रदर्शनमा आईसकेको छ । अन्य फिल्महरु प्रर्दशनको लागी तयार भैसकेका छन् । 'मलाई बाल्यकालमा नेपाली फिल्म हेर्दा राजेश हमाल निकै मन पथ्र्यो', उनले भने- 'राजेश हमाल जस्तै गरेर फिल्ममा अभिनय गर्न, फाईट खेल्न र नाच्न गाउन मन लाग्थ्यो ।' राजेश हमालको फ्यान भएका यी नवनायक श्रेष्ठ पल्टन फिल्ममा उनै राजेश हमालसंग एउटै पर्दामा देखिएका छन् । 'मेरो लागी राजेश हमालसंगै अभिनय गर्न पाउनु ठुलो अवसर थियो र म त्यसबेला एकदम खुशी थिएँ', उनले अगाडी थपे ।


फिल्ममा नायक बन्ने भूत चढेकै कारण पोखराका यी ठिटोले पोखरामै समेत धेरै संघर्ष गरे । करिब आठ वर्ष पोखरामै संघर्ष गरेका उनले त्यो बिचमा रहस्य, अन्तिम ग्रहण, मिशन भाईरस नामक भिडियो फिल्ममा समेत अभिनय गर्न भ्याए । अभिनयसंगै उनको अर्को रुचीको विषय भनेको स्क्रिप्ट राईटिङ पनि हो । पोखरामै बनेको फिल्म रहस्य र अन्तिम ग्रहण उनैको स्क्रिप्टमा बनेका फिल्महरु हुन् । उनले यो बिचमा अर्को एउटा फिल्मको स्क्रिप्ट लेखेर भ्याईसकेका छन् । फिल्मको नाम हो 'ड्रेस' । 'ड्रेस फिल्म मेरो ड्रिम प्रोजेक्ट हो यो फिल्म म आफैँ निर्माण गर्छु', उनले भने ।


थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका श्रेष्ठ सबै भुमिकामा उत्तिकै जम्न सक्छु भन्ने आँट देखाउँदै 'सोलो' भुमिका गर्न पाएको खण्डमा आफ्नो क्षमताले अरुलाई आकर्षण गर्न सक्ने ठोकुवा गर्छन् ।