मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रीमाले किन लुकाईन् उमेर ?

फिल्मीखबर, काठमाण्डौ, 2012/08/06

स्वर फिल्मबाट ठूलो पर्दामा कलाकार बनेर देखिएकी रीमा बिश्वकर्माले आज आफ्नो जन्मदिन मनाउँदै छिन् । बर्दियामा जन्मेकी यि सुन्दरीले भने आफ्नो उमेर लुकाईन ।

 

जन्मदिनको अवसर पारेर फिल्मीखबरले रीमालाई प्रश्न गर्यो 'तपाईंले कति वटा बसन्त पार गर्नु भयो त ? रीमाले सजिलै उत्तर दिईन्, '१६ बर्ष भन्दा पत्याउँदैनन् पत्याउने उमेर भन्दा अलि गार्‍हो पर्ला कि ।' उमेर लुकाए पनि उनलाई कसैले बुढी भईछ भनेर भन्दैनन् किनकी उनी फिल्मी क्षेत्रमा लागेको धेरै भएको छैन । स्वर फिल्म गर्दा उनी टिनेजर नै थिईन् । रीमाले हाँस्दै भनिन्,'म अझै केटाकेटी नै छु ।'

 

जन्मदिन भएता पनि खासै सेलिब्रेटको मुड नबनाएकी रीमा बिहान मन्दिर भने पुगिन् र मागिन् असल मान्छे बन्ने आशिर्वाद । हुनत उनलाई कर्मले असल मान्छे बनाउँछ भन्ने कुराको ज्ञान छ तर पनि भगवान प्रतिको बिस्वासलाई पनि उनले मान्ने गरेकी छिन् । रातभर साथीभाई तथा आफन्तको शुभकामना आएर सुत्न नपाएकी रीमाले भनिन्, 'मलाई मेरो कर्मले मलाई आत्मसन्टुष्टी देओस् ।'

 

सानै उमेर देखि मिडियामा लागेकी रीमा बिभिन्न सञ्चारमाध्यमको अनुभव र मोडलिङ सँगै फिल्मी दुनियाँमा प्रवेश गरेकी हुन् । उनले अभिनय गरेको फिल्म भिसा गर्ल यहि असोज १२ गते रिलिज हुँदैछ भने सिक्स फिट लाईफको केहि दिन अगाडी मात्र सुटिङ सकिन् । यि दुबै फिल्मले आफ्नो करियरलाई अगाडी बढाउन सहयोग पुर्‍याउने रीमाको भनाई छ । `मास कम्युनिकेशन' बिषयमा स्नातक तहको अध्ययन गरिरहेकी रीमा भन्छिन्, 'स्वर फिल्म रहरले गरें भने यि दुई फिल्ममा अभिनयलाई तिखार्ने मौका पाएँ ।'

 

रीमालाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना !