मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

सविन पुगे मलेशिया

फिल्मीखबर, काठमाण्डौ, 2012/08/06

तयार हुँदा फिल्म कस्तो बन्ला त्यो भोलीको बिषय तर प्रि-प्रोडक्सनको टाईममा थोरै दृश्य भएपनि विदेशी भूमि अटाउने सोच राख्नु उद्योगको लागि राम्रो हो । अझ पछिल्लो एक बर्षमा विदेशमा गएर फिल्म खिच्ने कन्सेप्टलाई फिल्मकर्मीहरुले आत्मासथ गर्दा स्टार भ्यालु पनि केही बढेजस्तो अनुभूति हुन थालेको छ ।

 

यसै भिडमा सविन श्रेष्ठ लिड रोलमा रहेको फिल्म गल्लीको पनि केही दृश्य मलेशियामा सुट हुने भएको छ । उनी स्क्रिप्ट राईट प्रकाश पुरीका साथ हिजो आईतबार राति मलेशिया पुगे । मलेशिया पुग्दै सोमबार बिहान फिल्मीखबरसंग कुरा गर्दै सविनले एक हप्ता लोकेशनमा हन्टमा विताईने बताए । एक पन्थ दुई काज भनेझैं उनी यहि मौकामा आफूलाई फ्रेस बनाउने छन् । समुन्द्री किनारमा घुम्दै उनले सि फुडका साथ आँखालाई पनि सितलता दिने छन् ।


'हामी फर्किए लगत्तै सम्भवत सुटिङ पनि सुरु गरिहाल्छौ', सविनले भने । उनको अपोजिटमा कुन हिरोईन फाईनल भएकी छिन् त्यो भने खुलाईएको छैन । अन्दाज डेब्यू हिरो सविनको रावण पश्चात रिलिज हुन लागेको फिल्म फुलस्टप र बर्षात हुन् र ति फिल्म भाद्र १५ गते रिलिज हुँदैछन् । गल्लीलाई १८ बर्षीय एनआर घिमिरेले निर्देशन गर्दैछन् ।