मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरियोग्राफरको कारण विवाद

फिल्मीखबर, काठमाण्डौ, 2012/08/05

भर्जिन लोकेशनमा फिल्म खिचिएको कोरियोग्राफर कविराज गहतराजलाई थाहा थियो तर पनि उनले जानी जानी अर्को फिल्मको गीत पनि त्यही लगेर खिचिदिए साथै केही सर्ट पनि उस्तै लाग्ने गरी अटाईदिएपछि निर्देशक रोशन हमालको कन्पारा तात्यो । जुन तातेको कन्पारा अझै सेलाएको छैन उनको । गल्ती गर्नेले माफी मागिसके तर आफ्नो फिल्मको गीतमा अटाईएका ती लोकेशनलाई दुरुस्तै अर्को फिल्मको गीतमा अटाउदै यू ट्यूवमा हालिदिएपछि कविराजले गरेको बेईमानीसंग रोशन क्रुद्धछन् ।


आठ महिना अघि पोखरा खैरेनीटार सेतिखोलमा खिचिएको रंगको गीतको भिजुअल दीपक श्रेष्ठ निर्देशित बाचामा पनि देख्न पाईन्छ । जुन देखाई आफ्ना लागि बेईमानी भएको निर्देशक हमालको तर्क छ । मौखिक सर्त अनुसार उक्त लोकेशनमा आफ्नो फिल्म रिलिज नहुन्जेल अर्को फिल्मको गीत खिच्न नपाइने गरी कोरियाग्राफरसंग रोशनको सहमति थियो तर कविराजले आफ्नो सामान्य नैतिकता समेत बिर्सेर अर्को फिल्मको गीतको सुटिङ पनि त्यहि गरिएको पाईएपछि  रोशन अहिले काविराजलाई कारबाही गर्ने तयारीमा जुटेका छन् ।


'उहाँले त्यो लोकेशन भएको सट हटाईदिन्छु भन्नु भा'छ तर अहिले त्यो गीत यु ट्युवका विभिन्न अपलोडरमा प्रशस्त छन् त्यसैले यो बिषयमा कविराजलाई के गर्ने भन्ने बिषयको निर्णय साँझ सम्म हुनेछ', हमालले आक्रोसित शैलीमा भने । यस्तै यहि बिषयमा कोरियोग्राफर गहतराजसंग फिल्मीखबरले प्रश्न गर्दा उनले सिमित लोकेशन भएका कारण उक्त लोकेशन बाचामा प्रयोग भएको बताए । यध्यपी रोशनले एक्सन लिने जनाएपछि उनले फिल्मबाट ती दृश्य हटाईदिने बताएका छन् । तर यु ट्युवमा भएको दृश्यको सवालमा भने उनले केही भनेन् ।

 

कविराजले भने, 'मैले सरी पनि भनिसके त्यसैले अब त्यो सिन हुने छैन फिल्ममा अरु मलाई थाहा छैन ।' कविराजले सिन हटाईदिन्छु भनी दिएको आश्वासनलाई यता बाचाका निर्देशक दीपक श्रेष्ठले मान्छन् वा मान्दैनन् सो बिषय थप चासो छ । किन कि उक्त लोकेशनमा बाचाको गीत खिच्नका लागि खर्चिएको समय र पैसालाई हिसाव गर्ने हो भने कविराजले ठूलो क्षति बेहोर्नु पर्नेछ ।


सम्भवत सेतिखोलाको उक्त दृश्य पहिलो पटक नेपाली फिल्म रंगमा कैद गरिएको हो जुन दृश्यलाई रोशनले भर्जिन भन्दै आएका थिए तर आफ्नै फिल्मको कोरियोग्राफी गरेका मास्टरले अर्को फिल्मको गीत पनि सोही लोकेशन अटाईदिएपछि उनी क्रुद्ध भएका हुन् । रोशनले फिल्मसंग सम्बन्धीत केही संघसंस्थामा कविराजको यो कार्यशैलीलाई लिएर निवेदन दिने तयारी पनि गरिरहेका छन् । सम्भवत: यहि भदौ दोस्रो साता रिलिजमा आउने तयारीमा रहेको रंगमा सुमन सिंह र दीपशिखा शाहीको अभिनय हेर्न सकिन्छ भने बाचामा दीलिप रायमाझी र नयाँ हिरोईन सिम्रन पोखरेलको अभिनय छ ।

 

Rang Song                                                                                                   Bacha Song