मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

कतारमा आर्यनले मनाए जन्मदिन (फोटो फिचर)

शैलेन्द्र कठायत, दोहा, 2012/08/05

केहि दिनदेखि कतार भ्रमणमा रहेका नायक आर्यन सिग्देलले आफ्नो जन्मदिन यही  सेलिब्रेट गरे । नायिका सोभिता सिंखडा, नवनायक बिष्णु कार्की, निर्देशक भबिन्द्र तामाङ सहित केहि नजिकका साथीभाई तथा शुभचिन्तकको उपस्थितीमा आर्यनले आफ्नो जन्मदिनको केक काटेका हुन् ।

 

पहिलो पटक बिदेश भ्रमण र त्यसैमाथी एनआरएन साथीहरूसँगको बर्थ डे सेलिब्रेसन आर्यनका लागि पक्कै पनि नयाँ अनुभुती र खुसी भयो । 'अन्य बर्षको भन्दा अहिले बेग्लै अनुभुती भैरहेको छ', साथीहरूसँगको रमाईलो मुडमा आर्यनले भने,'जीवनको मेरो खुसीको क्षण मध्येको यो पनि एउटा हो ।' उनले आईतवार काठमाडौँ  पुग्ने बताउँदै त्यहाँका साथीहरूसँग पनि बर्थ डे मनाउने बताए । उनले भने, 'यहाँ मनाएर मात्र हुँदैन फेरि मेरा नेपालका साथीहरूले मार्छन् ।' उनी आफ्नो बर्थ डे पार्टीमा साथीहरूसँग दिल खोलेर नाचेका थिए ।

 

काठमाण्डौको थानकोटमा जन्मिएका यि चक्लेटी हिरोले आफ्नो उमेर भने लुकाए । उमेर कति भन्ने जिज्ञासामा उनले हाँस्दै भने, 'उमेर भन्यो भने बुढो भएको जस्तो लाग्छ क्या ।' रेखा थापाको किस्मत फिल्मबाट राजतपट प्रवेश गरेका आर्यनले हालसम्म डेढ दर्जनको संख्यामा फिल्म गरे । ति मध्ये अधिकांश फिल्मले उनको जीवनको टर्निङ प्वाईन्टको भुमिका खेले । अहिले उनी अभिनित दुई फिल्म 'धुवाँ यो नशा' र 'के म तिम्रो साथी बन्न सक्छु' रिलिजको तयारीमा छन् ।

 

पछिल्ला केहि फिल्मबाट खासै राम्रो प्रतिक्रिया नपाएका आर्यनले धुवाँ यो नशाबाट निकै आश राखेका छन् । धुवाँ यो नशा यहि भाद्र २२ गते रिलिज हुने बताईएको छ । यो फिल्ममा आर्यनलाई लागुपदार्थ दुर्व्यसनीको भुमिकामा देख्न सकिनेछ । आर्यन अब नवल नेपालको महसुस फिल्ममा व्यस्त हुनेछन् । आफ्नो कति औं जन्मदिन हो भनेर नखुलाए पनि आर्यनलाई फिल्मीखबर डटकमको तर्फबाट जन्मदिनको शुभकामना !