मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्लोरमा रहेका फिल्महरुको नालिबेली

अनुप भट्टराई, काठमाण्डौ, 2012/08/04

साउने झरीमा आउटडोरमा केही समस्या भएपनि अहिले फ्लोरमा करिब एक दर्जनको संख्यामा फिल्म रहेका छन् । साउन टेके लगत्तै ५० दिनको प्याकेजमा मञ्जरी प्याकअप भएको छ भने प्रमिश पनि अन्तिम समयमा पुगेको छ । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा गणेश देव पाण्डे निर्देशित मञ्जरी फिल्ममा निर्देशक बाहेक अन्य सवै नयाँ टिम छन् । कलाकार टिका पहाडीका छोरा गौरवले हिरोको रुपमा डेब्यू गर्दैछन् भने हिरोईन सुजाता कोईराला पनि नयाँ  हुन् ।

 

यसैगरी मुकेश ढकाल तथा रागिनी खड्गी लिड रोलमा रहेको किशोर चौधरी निर्देशित फिल्म लफडाको सुटिङ सकिएको आज ठीक एक हप्ता भएको छ । उता निर्देशकहरुका अगुवा विमल पौडेलको निर्देशनमा बनेको फिल्म नागरिकको गत सोमबार ईन्डक्ल्याप भईसकेको छ । हाल नेपालगञ्जमा रहेको फिल्म ढुवानीको काम धमाधम भईरहेको छ । प्रचण्ड गर्मी नभनी पिताम्बर पाण्डेले यो फिल्मलाई स्टाईलिस बनाउन कुनै कसुर नराखेको बताईएको छ । दश दिन यता छायाकंनरत उक्त फिल्मको ३५ प्रतिशत सुटिङ सकिएको निर्माता मन्जिल श्रेष्ठले जानकारी गराए । निर्माता श्रेष्ठले दिएको जानकारी अनुसर ढुवानीको गुलरिया हुँदै ईन्डिया बोर्डर कोठियाघाट तथा लखनउ वा मम्बई पुगी प्याकअप हुने छ । नेपालगञ्जको बिरेन्द्र चोक र धम्बोजी आसपासमा सुटिङ हेर्ने दर्शकको भिड बढे पछि  आज शनिबार प्रहरीको एक टोलीले ठूलो सुरक्षा दिंदै सुटिङ गरेको ढुवानी युनिटले जानकारी गरायो ।



यता राजधानीको फ्लोरमा तिब्र गतिमा बिकास आचार्यको निर्देशनमा रिदमको सुटिङ भईरहेको छ । जीवन लुईटेल, स्वेता भट्टराई तथा नयाँ कलाकार सोहित मानन्धर र निश्मा घिमिरे मेन काष्ट उक्त फिल्मको ८० प्रतिशत सुटिङ सकिएको छ । यता सुरज सुब्बाको निर्देशनमा छायाकंनरत प्रमिशमा केकी अधिकारी लिड रोलमा छिन् । प्रमिशको ५० प्रतिशत छायाकंन सिङगापुरमा गरिएको हो भने बाँकी राजधानीका विभिन्न स्थानमा भईरहेको छ । मंगलबार सम्ममा प्रमिश प्याकअप हुने छ ।



यसैगरी बिजय केरुङको निर्देशनमा बनेको कटेरोको दुई हप्तादेखि स्थगित सुटिङ तीन दिन पश्चात सुरु हुँदैछ भने धुवाँ यो नशाको पनि पाँच प्रतिशत काम दुई दिन पश्चात सुरु हुँदैछ । सुमन सिंह, मुकेश आचार्य तथा ऋचा सिंह ठकुरी लिड काष्ट कटेरोको सुटिङ आर्थिक समस्यका कारण रोकिएको बुझिएको छ भने धुवाँ यो नशाको चाहि निशा अधिकारी मुस्ताङ हिडिदिएपछि रोकिएको थियो । आर्यन सिग्देलको नयाँ फ्लेवर राखिएको भनिएको धुवाँ यो नशाको निर्माता रामप्रसाद रिजालका अनुसार मायाज बारको प्रोशनबाट फ्रि भए लगत्तै निशाको गित र केही सिन खिचिने छ । भदौ २२ का लागि रिलिज मिती तय रामप्रसादको उक्त फिल्मको पोष्ट-प्रोडक्सनको काम करिब अन्तिम चरणमा पुगेको छ ।

 

यसैगरी डेढ महिना देखि रोकिएको सचिनराज भण्डारी निर्देशित फिल्म आई एम ईन लभको सुटिङ एक साता पश्चात पुनः गरिदै छ । सुष्मा ईन्टरनेशनल पिक्चर्सले प्रोडक्सन गरेको उक्त फिल्ममा बाबु बोगटी र अनु शाह लिड रोलमा छन् । यो फिल्म खेल्ने क्रममा अनु र बाबुको अफएयर चलेको गसिपले ईन्टरटेन्मेन्ट न्यूजहरुमा स्पेश पाईरहेको छ । फ्लोरमा जान लागेका फिल्महरुमा कलाकार शंकर आचार्यको निर्देशनमा 'लभ फरइभर' को सुटिङ यहि साउन २५ देखि सुरु हुँदैछ । मायाज बार डेब्यू हिरो गजित बिष्ट तथा निरज बराल लिड रोलमा रहेको उक्त फिल्मकी हिरोईन सुमिना घिमिरे हुन् । यसै फिल्ममार्फत निर्देशक आचार्यले आफ्नो छोरा अर्थात्  तितो सत्यका चाईल्ड हिरो राजलाई पनि हिरोको रुपमा डेब्यू गराउदैछन् ।

 

यसैगरी श्रावण २८ देखि जेके मास्टरको निर्देशनमा फिमेल ओरेन्टेड 'अप्स एण्ड डाउन' भन्ने फिल्मको सुटिङ सुरु हुँदैछ । यो फिल्ममा ऋचा सिंह ठकुरीको साथमा नयाँ हिरो सुरज सिंह ठकुरी लिड रोलमा रहने छन् । भ्रम नहोस कान्तिपुर टेलिभिजनका भिजे सुरज सिंह हैनन् उनी । भदौको पाँच देखि भने कारबासको सुटिङ हुने बताईएको छ । रिम विश्वकर्माले निर्देशन गर्न लागेको उक्त फिल्ममा अन्य काष्ट क्रु फाईनल भएपनि मेन काष्ट बाँकि रहेको छ । यध्यपी सकेसम्म भदौ पाँच देखि नै सुटिङ सुरु गर्ने निर्माता जिके शर्माले जनाए ।

 

भदौको १० देखि भने कल्याण घिमिरेले निर्माणमा नवल नेपालले निर्देशन गर्न लागेको फिल्म 'महसुस' को सुटिङ सुरु हुने छ भने सोही दिन देखि ऋषि लामिछानेको निर्देशनमा 'सरी ल' को पनि सुटिङ हुँदैछ । यसैगरी भदौ ११ देखि योगेश घिमिरेको निर्देशनमा नोटबुकको सुटिङ सुरु हुँदैछ । महसुसमा आर्यन सिग्देल र केकी अधिकारी लिड रोलमा छन् भने नोटबुकमा जिवन लुईटेल तथा नीता ढुङगानको साथमा नयाँ हिरो सेन सापकोटा लिड रोलमा छन् । नोटबुकलाई प्रज्ञा जोशीले निर्माण गर्न लागेकी हुन् जसले यस अघि निर्देशक घिमिरेलाई नै लिएर फिल्म बनाउदै आएकी थिईन् ।

 

यस्तै झण्डै एक बर्ष पश्चात फिल्म निर्देशनमा फर्किएका ऋषि लामिछानेको फिल्मबाट प्रशंशा बस्नेत हिरोईनको रुपमा डेब्यु गर्दैछिन् । सो फिल्ममा रंगमञ्चका कुशल कलाकार राजन खतिवडा, रोशन महर्जन र संजोग कोईराला पनि प्रमुख कलाकारको रुपमा देखा पर्नेछन् । रिभेन्ज लभस्टोरी उक्त फिल्मलाई चरित्र अभिनेत्री अञ्जु केसीले निर्माण गर्न लागेकी हुन् । एउटा अचम्मको कुरा के छ भने 'सरी ल' सकिएको २ दिन पश्चात ऋषि यहि यूनिटलाई लिएर 'साथ' भन्ने फिल्मको निर्देशनमा थप एक महिना ब्यस्त हुने छन् ।
 

यसगरी विगत चार महिना देखि हिरोईन बनाउने शंख फुक्दै आएका रोज राणाले पनि भदौ महिना भित्रै हिरोईनको सुटिङ गर्ने करिब निश्चित भएको छ । मायाज बार रिलिज दौडधुपका कारण दिनेश डिसीको बेफुर्सदले एक महिना यता प्रि–प्रोडक्सनको काम स्थगित उक्त फिल्मको थप प्रि–प्रोडक्सनको काम पर्सी सोमबार देखि सुरु हुँदैछ । सयौ मोडलहरुको तस्बिर हेरेर पनि चित्त नबुझाएका रोज राणाले फिल्मकी मेन हिरोईन नै नपाएको कारण  सुटिङ ढिला भएको बताउदै आएका छन् । उनका अनुसार जति सक्दो चाडो आफ्नो स्क्रिप्टलाई सुहाउदी हिरोईन फेला पर्छिन् त्यतिनै चाडो हिरोईनको सुटिङ सुरु हुने छ ।