मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

थ्री लभर्समा निरज र प्रियंकाको रोमान्स सार्वजनिक (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2012/08/04

प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'थ्री लभर्स' का मुख्य कलाकार निरज बराल र प्रियंका कार्कीको रोमान्टिक गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ । फिल्मका अर्का मुख्य कलाकार देबु श्रेष्ठको जन्मदिनको अवसर पारेर फिल्म निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।

 

नेपालका सुन्दर दृश्यहरूलाई आकर्षक ढंगले कैद गरिएको सो गीतलाई शंकर बिसीले करियोग्राफी गरेका हुन् । बाबु बोगटीको संगीतमा बाबु बोगटी र प्रविशा अधिकारीको स्वर रहेको सो गीतलाई दयाराम पाण्डेले लेखेका हुन् भने छायाँकन पुरूषोत्तम प्रधानको हो । थ्री ब्रदर्श क्रियशन, बेल्जियमको प्रस्तुतीमा स्टोरी पोख्रेल र प्रिन्स श्रेष्ठले निर्माण गरेको फिल्म थ्री लभर्सलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका हुन् । कार्तिक २४ गतेका लागि नेपाल रिलिज डेट तोकिएको यो सस्पेन्स थ्रील फिल्म हो ।

 

केहि साता अगाडी सार्वजनिक गरिएको पोस्टर र प्रोमोबाट राम्रो प्रतिक्रिया पाएको बताउँदै निर्देशक पोखरेलले यो गीतलाई पनि दर्शकले रूचाउने बताए । एउटा अनौठो प्रेमकथा भनिएको सो फिल्ममा निरज, प्रियंका र डेब्यू हिरो देबुको साथमा सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको पनि मुख्य भुमिका रहेको छ । फिल्मलाई छिट्टै नै अष्ट्रेलिया र युरोपमा रिलिज गरिंदैछ ।