पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'माई ब्रदर' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । बालमनोविज्ञानलाई समेत आफ्नो कथामा उतारेका बिष्णु भट्टराईले निर्देशन गरेको सो फिल्मलाई असोज महिनामा रिलिज गरिनेछ ।
निर्देशक भट्टराईको लेखन रहेको सो फिल्मलाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् । यहि फिल्मबाट टिभी फिल्मीले आयोजना गरेको को बन्छ कलाकारबाट छनिएका दीपक पाण्डेले नायकको रूपमा डेब्यू गरेका छन् र उनलाई सुमिना घिमिरेले साथ दिएकी छिन् । यि कलाकारका अलावा फिल्ममा रमेश बुढाथोकी, विमला गिरी, अन्जु थापाको साथमा बालकलाकार अनिष कंडेलको अभिनय हेर्न सकिनेछ ।
फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ । युनिभर्सल कलर ग्रेडिङ स्टुडियोमा पोष्ट-प्रोडक्सन गरिएको सो फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् ।
Click here : My Brother audio songs