भारतको सिक्किममा तयार गरिएको नेपाली फिल्म 'लेटर' प्रदर्शनका लागि तयार भएको छ । सिक्किमकै निर्देशक, निर्माता, कलाकार तथा प्राबिधिकले निर्माण गरेको सो फिल्मलाई असोज महिना तिर रिलिज गरिन लागिएको छ ।
कथाबस्तु नखुलाईएको सो फिल्ममा दर्पणछायाँ अभिनेता उत्तम प्रधानले अभिनय गरेका छन् । भाद्र महिनामा रिलिज हुन लागेको फिल्म 'इशारा' बाट कमव्याक गर्न लागेका उत्तम यो फिल्ममा मुख्य भुमिकामा छन् । उत्तमका अनुसार यि दुबै उनका आशालाग्दा फिल्म हुन् ।
प्लाईङ फिस फिल्म्सको व्यानरमा अनुप ठटालले निर्माण गरेको सो फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । फिल्ममा उत्तमको साथमा बिशाल चाम्लिङ, एनी जिम्बा, रिती राई, अनुप ठटाल, अरूण रेग्मीको मुख्य भुमिका रहेको छ । सत्यस्वरूपको संगीत रहेको लेटरलाई सागर प्रधानले खिचेका हुन् । फिल्ममा सुजिल कर्मचार्यले व्याकग्राउण्ड संगीत भरेका छन् ।