मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

रेखासंग प्रचण्डले खेलेको फिल्म भदौ १४ मा (भिडियो सहित)

फिल्मीखबर, काठमाण्डौ, 2012/08/03

अन्यथा नहोस् आज गाईजात्रा भएकाले यो प्रसङ्ग यसैमा केन्द्रित छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको जुँगाको निकै फ्यान रहेकी रेखा थापाको तारिफ गर्न नथाक्ने प्रचण्ड अब रेखाको बडीगार्ड भएका छन् ।

 

फेसबुकमा निकै हिट भईरहको एक पोष्टरमा तपाई हेर्नुस् प्रचण्ड रेखाको बडीगार्ड बन्दा कस्ता देखिएका छन् ? यसपालिको गाईजात्रामा छोरो प्रकाशको विना काण्डले केही ओझेलमा परेका प्रचण्डलाई यस पोष्टरले थोरै भए पनि चर्चाका लागि राहत दिएको छ । बडीगार्ड फिल्मको पोष्टरमा प्रचण्डकै एक्सन गरेको उल्लेख गरिएको छ भने सो फिल्मको रिलिज डेट आउदो भदौ १४ राखिएको छ । 

 

फिल्मलाई झलनाथ खनालले निर्देशन गरेको पोष्टरमा उल्लेख गरिएको छ भने संगीत केपी ओली, कोरियाग्राफी सुजाता कोईराला र सिनेमाटोग्राफी रामचन्द्र पौडेलको रहेको उल्लेख गरिएको छ । रेखाको अपोजिटमा बडीगार्ड भएर खेलका प्रचण्डको साथमा बाबुराम भट्टराई र माधव नेपाल पनि मेन स्टार रहेको उक्त पोष्टरमा उल्लेख छ । यसैगरी यु ट्युवमा प्रचण्ड रेखाको ब्रेक डान्सलाई फिल्मीखबरले फेला पारेको छ । भिडियोमा हेर्नुस प्रचण्ड र रेखाको ब्रेक डान्स कस्तो छ -