Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

टाटा बाई बाई : अफिसियल प्रोमो र पोस्टर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/08/03

प्रकृति अनि नारीसँग सम्बन्धित रहेर निर्माण गरिएको थ्रिलर फिल्म 'टाटा बाई बाई' को अफिसियल पोस्टर तथा प्रोमो सार्वजनिक गरिएको छ । बनिरहेका फिल्म भन्दा केहि फरक बिषयमा फिल्म निर्माण गरिएको बताईेको सो फिल्मको पोस्टर तथा प्रोमो पनि केहि फरक रूपमा 'ब्ल्याक एण्ड ह्वाईट' रङमा सार्वजनिक गरिएको छ ।

 

सिजापति सिने व्यानर र मौरी इन्टरटेन्मेन्टको व्यानरमा नरेश देब पन्त तथा रवि वहादुर सिजापतिको निर्माण अनि उदय सिजापतिको निर्देशन रहेको सो फिल्मलाई अक्टुबर महिना तिर रिलिज गर्ने योजना बनाईएको छ । फिल्मका कार्यकारी निर्माता नरेश देबका अनुसार अर्न्तराष्ट्रिय फिल्म फेस्टिभलमा फिल्मलाई लैजाने तयारी गरिएको छ । सुनिल थापा, झरना वज्राचार्य, दिया मास्के, उषा रजक र प्रशान्त ताम्राकारको मुख्य भुमिका रहेको सो फिल्मको बारेमा थप जानकारी केहि दिन पछि गरिने पत्रकार भेटघाट कार्यक्रममा दिईने निर्माता पन्तले फिल्मीखबरलाई बताए ।