समिक्षकबाट मिश्रित रिभ्यू बटुलेको मायाज बारले विजनेश भने उत्साहजनक गरेको छ । यो फिल्मले एक हाप्तामा राजधानीको १९ वटा पर्दाबाट ६१ लाखको ग्रस ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । यस्तै शुक्रबारे रिलिजबाट एक दिन अघि नै मोफसलमा रिलिज भएको उक्त फिल्मलेले एक दिनमा १६ लाख बटुल्दै हप्ते कलेक्सन ७७ लाख पुर्याएको हो ।
वितरक समेत रहेका सुनिल मानन्धरले ७७ लाखको ५५ प्रतिशत हिस्सा पाउने हुँदा उनको गोजीमा नेट ३५ लाख बढी शेयर आईसकेको छ । तर फिल्मको बजेट १ करोड ३५ लाख भएकाले बाँकी एक करोड रकम उठाउन उनलाई अब हम्मे हम्मे पर्ने देखिन्छ । यध्यपी यो दोस्रो हप्तामा राजधानी होल्डओभर बचाउन सफल भएको मायाज बारको लगानी सुरछित हुन सक्ने निर्माता मानन्धरको तर्क छ ।
मोफसलका ३८ हलमा हिजो देखि यो फिल्म लागेको हो भने राजधानीका पुष्पाञ्जली र हिरारत्न बाहेक अन्य १७ पर्दामा मायाज बारको दोस्रो हप्ते रिलिज यथावत छ । दिनेश डिसी निर्देशित मायाज बारमा राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी तथा गतिज बिष्ट लिड रोलमा छन् ।

