Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कहिं नभएको जात्रा हाँडी गाउँमा

फिल्मीखबर, काठमाण्डौ, 2012/08/02

फिल्म एकआपसमा जुधेर निर्माताहरूको बेहाल भईरहेको अवस्थामा निर्माताद्धय मोहनकृष्ण र गजेन्द्र रञ्जितले 'कहिं नभएको जात्रा हाँडी गाउँमा' भने झैं आफ्नै दुई फिल्म एउटै मितीमा रिलिज गर्ने भएका छन् । भाद्र १५ गते यि दुईले निर्माण गरेको फिल्म 'फुलस्टप' र 'बर्सात' रिलिज हुनेछ ।
 

फुलस्टप राजधानीका हलमा लाग्नेछ भने बर्सात मोफसलका हलमा लाग्नेछ । फिल्म एकआपसमा नजुधे पनि एउटै मितीमा फिल्म रिलिज गर्नु घाटा हुने बिश्लेषक बताउँछन् । फिल्मकर्मीका अनुसार एउटै मितीमा एउटै निर्माताका फरक दुई फिल्म रिलिज हुँदा दर्शक कन्फूजमा मात्र पर्दैनन् कि निर्मातालाई पनि पब्लिसिटीमा गार्‍हो पर्न जान्छ । त्यसैमाथी दुबै फिल्ममा एउटै हिरो सबिन श्रेष्ठ छन् ।

 

आखिरमा यिनले किन एउटै मितीमा फिल्म लगाउने साहस गरे त ? निर्माता मध्येका एक मोहनकृष्ण भन्छन्, 'गजेन्द्रजीले मलाई नसोधी बर्सातको रिलिज मिती तय गर्नु भयो अनि मैले पनि उहाँसँग सल्लाह नगरी भाद्र ८ गतेबाट १५ मा फुलस्टप सारें ।' यसले के देखाउँछ भने अहिले यि दुई निर्माता विचको सम्बन्ध सुमधुर छैन । राज र कन्यादान फिल्मबाट ठूलो घाटा बेहोरेका यि निर्माताको मनमुटावले यिनलाई त घाटा पुग्छ नै त्यसको असर निर्देशक देखि लिएर कलाकार र अन्य प्राबिधिकलाई पनि पुग्छ ।

 

कमलकृष्णको निर्देशनमा बनेको फुलस्टपमा मोहन र गजेन्द्रको साथमा बेनीज्योती गुभाजु पनि निर्माताको रूपमा रहेका छन् । फिल्ममा बिनिता बराल र सबिन श्रेष्ठको मुख्य अभिनय रहेको छ । उता मोहन र गजेन्द्र मात्र निर्माता रहेको बर्सातलाई सानु शाक्यले निर्देशन गरेका हुन् । फिल्ममा रेखा थापा, सबिन श्रेष्ठ र निर्मल सेन्चुरीको मुख्य अभिनय रहेको छ । अहिले यि दुई निर्माताको पेलाईमा पुलस्टपका अर्का निर्माता बेनी परेका छन् ।

 

निर्माता बन्ने शुरमा राज र कन्यादान करिब एक करोडको हाराहारीमा पैसा डुबाएका मोहन र गजेन्द्रको इगोले फेरि घाटा पुर्‍याउने त हैन ? यो बिषयलाई हामीले भन्दा पनि निर्माता स्वयंले सोच्नु पर्ने हुन्छ । भिरबाट हाम फाल्न खोज्नेलाई राम राम भन्ने हो काँध नै थाप्न त जान हामी सकिन्न । त्यसैले निर्माता ज्यूहरू यो बिषयमा अलि विचार पुराएर काम गर्दा नै बेस होला । कि कसो ?

 

फुलस्टपको नयाँ गीत