Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई अधिकारीको मुटु सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/08/02

प्रेम कथामा आधारित रहेर निर्माण गरिएको केकी अधिकारी र बिम्लेश अधिकारी अभिनित फिल्म 'मुटु' को पोस्टर सार्वजनिक गरिएको छ । हाल पोष्ट-प्रोडक्सनमा रहेको सो फिल्ममा दुई अधिकारी जोडीको साथमा मुकेश आचार्य र बालकलाकार सुप्रिम शाहको पनि मुख्य भुमिका रहेको छ ।
 

१४ बर्षको अमेरिका बनबास पछि नेपाल आएर 'मुटु' को निर्माण तथा निर्देशन गरेका सूर्य बोहराले संसारभर छरिएर रहेका नेपालीहरूको कथालाई फिल्ममा उतारेको बताए । उनले भने, 'सामाजिक परिवेशमा रहेर निर्माण गरिएको संघर्षमय प्रेमकथा हो मुटु ।' अग्नि परिक्षा र कान्छो फिल्म बनाएर अमेरिका हानिएका सूर्यले फिल्मको नशाले पुन: सक्रिय बनाएको बताए ।

 

दुई फिल्म अल्लारे बेलामा बनाएको भए पनि दर्शकको राम्रो माया पाएको बताउँदै अहिलेको फिल्म भने पढेर र बुझेर निर्माण गरेकाले दर्शकले रूचाउनेमा सूर्यले बिश्वास व्यक्त गरे । अगस्टको दोस्रो साता तिर अमेरिकामा प्रदर्शन गरि बिश्वका अन्य केहि मुलुकमा फिल्मलाई प्रदर्शन गरेर तिहार पछि मात्र नेपालमा रिलिज गर्ने उनको योजना छन् । उनी भन्छन्, 'यो नेपाल बाहिर रहेका नेपालीको पिडाको कथा हो त्यसैले शुरूवाती प्रदर्शन बिदेशबाट नै गर्नेछु ।'
 

निर्देशक बोहराकै लेखन रहेको सो फिल्म करिब ५० लाखको लागतमा निर्माण गरिएको बताईएको छ । हाल फिल्मको पोष्ट-प्रोडक्सनमा व्यस्त रहेका सूर्यले नोभेम्बरमा 'ठूली-डेड अर अलाईभ' नामक फिल्म निर्माण गर्ने बताए । सो फिल्मको ३० % अमेरिका र बाँकी नेपालमा सुटिङ गर्ने उनको योजना छ । फिल्म मुटुमा बसन्त सापकोटा र सुरेन्द्र शाहको संगीत, शेरबहादुर लामाको छायाँकन, गम्भिर बिष्ट र सुरेन्द्र शाहको करियोग्राफी तथा सूर्य थोकरको द्धन्द रहेको छ । मित्र देब गुरूङले फिल्मको सम्पादन गरेका हुन् भने पब्लिसिटी डिजाईनर सुजन राज बाँनिया हुन् ।