महिला समलिंगीको कथामा सुनगाभा फिल्म बनिसकेको छ र प्रदर्शनको लागि पनि तयारी अवस्थामा छ । अहिले फेरि पुरूष समलिंगीको कथामा फिल्म बनेको छ र सो फिल्मको फस्टलुक प्रोमो फिल्मीखबरबाट अफिसियल रूपमा सार्वजनिक गरिएको छ ।
पुरूष समिलिंगीको मनोविज्ञानमा आधारित रहेर बिबि फुँयालले निर्देशन गरेको सो फिल्मलाई दशैंको छेकोमा रिलिज गर्ने बताईएको छ । हाल पोस्ट-प्रोडक्सनमा रहेको सो फिल्मलाई दिनेश महतले निर्माण गरेका हुन् । द लास्ट किस निर्देशन गरेका बिबिले यो फिल्ममा दुई नयाँ अनुहार राज आर्यन र प्रनिशा सिलवाललाई ल्याएका छन् । यस्तै द लास्ट किसमा अभिनय गरेका सुरेश चौधरी यो फिल्ममा दोहोरिएका छन् ।
सामाजिक सत्य घटनामा आधारित रहेर निर्माण गरिएको बताईएको सो फिल्मको कथा राज शिशिरले लेखेका हुन् भने संगीत सन्तोष राजवंशी, नागेन्द्र राजवंशी र उदेश श्रेष्ठको रहेको छ । यस्तै छायाँकन दिपक बानियाँको रहेको छ भने द्धन्द देव महर्जनको रहेको छ । फिल्मलाई हरि बरालले वितरणको जिम्मा लिएका छन् ।

