मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोहरुको जनै कथा

अनुप भट्टराई, काठमाण्डौ, 2012/08/02

समय बदलिरहेको छ अनि संस्कारमा पनि परिवर्तन आईरहेको छ । कुनै समय थियो धोती नलगाई भान्छा गर्नुलाई महापाप भनिन्थ्यो । अझ जनै नलगाउने त नेपाली समाजबाटै तिरस्कृत समेत हुनु पर्थ्यो । तर अब समयले कोल्टे फेरेको छ भने संस्कृति पनि समय अनुरुप परवर्तन हुन थालेको छ । 

 
राखी बाँध्ने भारतीय संस्कृतिको प्रभाव नेपालमा बढिरहे पनि आज एक दिनका लागि ब्रतबन्ध गरेका हिन्दु पुरुषहरुले पनि जनै नलगाएका उदाहरण भेट्न मुस्किल छ । बाह्र महिनामा आउने यो पर्वमा विधिका लागि एक दिन मात्र जनै लगाउने जमात हरेक बर्ष बृद्धि भईरहेको छ । विशेषत युवा वर्गमा एक दिने जनै फेसनले पनि त्यतिकै स्थान पाएको छ । जुन फेसनको ट्रेन्ड भनौ वा बाध्यता कलिउडका हाम्रा हिरोहरुमा पनि लागू भएको देखिन्छ । डेढ बर्ष अघि ब्रतबन्ध गरेका हिरो सुमन सिंह त्यस्तो न्यासध्यानी हिरो हुन् जसले शरिरमा ६ डोरे काँचो धागो भिरेको दिन देखि फुकालेका छैनन् । यो डेढ बर्षको पिरियडमा उनले झण्डै एक दर्जन जनै धारण गरी संस्कृतिवादी पनि भएका छन् । 
 
'कहिले काही सुटिङको परियडमा ड्रेस चेञ्ज गर्नु पर्ने हुँदा जनै फुस्किएको थाहा हुदैन थियो तर पछि थाहा पाउनासाथ जनै लगाउथे', आज बिहान विधिवत रुपमा जनै फेरेपछि उनले आफ्नो जनै कहानी फिल्मीखबरलाई सुनाए । उता अर्का स्टार राजबल्लभ कोईरालाले पनि दश क्लाश पढुन्जेल काँचो धागोलाई जप गर्न कहिलै भुल्दैनन् थिए तर उमेर छिप्पिएसँगै उनको काँचो धागो प्रेम कसरी हट्यो स्वयम उनलाई थाहा छैन । घरमै गुरु डाकी आज डोरो बाँधेका बल्लभले आफू भने राखि बाँध्नमा इन्ट्रेस्ट नरहेको बताए ।
 
 
राजबल्लभले भने, 'आफ्नो संस्कृति यहि भएकाले म त डोरो नै बाँध्छु त्यसैले गुरुजीलाई पर्खिरहेको छु ।'  हरेक बर्ष एक दिन औपचारिकताका लागि लगाईने जनैलाई बल्लभले निरन्तरता भने दिएका छन् । तर ह्याण्डस हंक जिवन लुईटेलले जनै लगाउन आफूलाई झन्झट नलाग्ने तर्क दिए । जनैसंग जोडिएको उनको इन्ट्रेष्टिङ कथा नभए पनि नियमित जनैको धारण आफूले गर्न छाडेको लामो समय भएको जिवन बताउछन् । रिदम सुटिङ सेटमा कसको लामो जनै र छोटो जनै भनी रमाईलो गरिरहेका बेला जिवनले फिल्मीखबरसंगको कुराकानीमा भने, 'घरमा बेला बखत हुने पुजा आजामा पनि म जनै लगाउने गर्छु अनि आज त रक्षा होस भन्ने गरिन्छ त्यसैले लगाउन जरुरी नै ठान्छु तर यति हो कि हामी कलाकार भएकाले कहिले न्याकेट सिन, कहिले जिम जोईनले चाहेर पनि सधै जनै लाउन सकिन्न रहेछ ।' 
 
यस्तै उता विवाहित हिरो निरज बरालले आज डोरो र राखी आफ्नो मामा र ठूलो मम्मीको छोरीको हातबाट बाँधे । शुद्ध ब्राहम्ण परिवारका निरजले जनैको साथ छाडेको पनि लामै भईसक्यो । कल्चरलाई जिवितै राख्न उनले पनि हरेक बर्षको जनै पूर्णिमामा एक पटक विधिको रुपमा जनै फेरेका छन् तर त्यो जनै उनको शरिरमा कतिन्जेल अडिने हो त्यो स्वयम उनलाई थाहा छैन । उनी भन्छन्, 'मनमा श्रद्धा छ आफ्नो कल्चर प्रति त्यसैले सधै लगाउनै पर्छ भन्ने पनि छैन ।'  निरजले आफ्नो जिवनमा घटेको जनै कथा सम्झदै भने 'विहे भएको दिनमा चाहि अलि अप्ठारो फिल भा'को थियो ।'
 
 नयाँ पुस्ते हिरो मात्र हैन उता महानायक राजेश हमालको हकमा पनि काँचो धागोले पटक-पटक झन्झट दिदो रहेछ । १२ बर्षअघि ब्रतबन्ध गरेका मिस्टर हमालले घरमा परेको श्राद्धको दिन बाहेक कहिलै पनि जनै धारण गर्ने गरेका छैनन्  ।