मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्थडेमा विक्की लञ्च

फिल्मीखबर, काठमाण्डौ, 2012/08/02

कात्तिक १७ गते देखि रिलिज हुने फिल्म 'समय' बाट अभिनेत्री मौसमी मल्लका छोरा विक्कीले नेपाली रजतपटमा डेब्यू गर्दैछन् । विक्की आजबाट २४ बर्षका पनि भएका छन् । यसै क्रममा अभिनेत्री मल्लले बर्थडेको अबसरमा आफ्नो छोरोको तस्बिरलाई औपचारिक रुपमा सार्वजनिक गरेकी छिन् ।

 

विगत १८ बर्षदेखि  डिभोर्स महिलाको रुपमा जिवन विताईरहेकी मौसमीले विक्कीको बर्थडेसंगै फिल्मको औपचारिक प्रोमोशन सुरु गरेको पनि बताईन् । सन्देश श्रेष्ठसंग उनले मिलेर बनाएको फिल्म दुई जनेरेशनको कथामा आधारित हो जहाँ मौसमी र राजेश हमाल पूरानो जेनेरेशनका पात्रको भूमिकामा रहेको बताईएको छ भने विक्की र सुरभी जैनले नयाँ जेनेरेशनको भूमिका बहन गरेका छन्  ।


सुरभीले पनि यहि फिल्मबाट रजतपटमा हिरोईनको परिचय बनाउन लागेकी हुन् । दयाराम दाहालको निर्देशनमा बनेको उक्त फिल्मको पोष्ट-प्रोडक्सनको कार्य अहिले धमाधम भईरहेको छ । यसैक्रममा प्रोमोशनको पहिलो डोज स्वरुप अभिनेत्री मल्लले घरको हिरोलाई सार्वजनिक गरेकी हुन् । सो फिल्म मौसमी मल्लको प्रजेनटेशनमा निर्माण भएको हो ।

 

 

 

तस्बिरहरु: राजिव श्रेष्ठ