मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.44/5.00)
Text size:-
+
-

मायाज बार हेरेपछि राजेश हमालले के भने ?

फिल्मीखबर, काठमाण्डौ, 2012/08/01

पक्कै पनि आफू अभिनित फिल्मको कमेन्ट गर्न हरेक कलाकारलाई गार्‍हो पर्छ । गार्‍हो मात्र हैन यो नैतिकताको प्रश्न हो कि उनीहरुले आफ्नो फिल्मको कमेन्ट गर्न सुहाउँदैन ।  तर केही दिग्गज कलाकारको हकमा भने यि नियम लागु हुँदैन । महानायक राजेश हमाल यस्ता कलाकार हुन् जसको सानो मात्र तर्कले यहाँ ठूलै उथलपुथल ल्याईदिन सक्छ । प्राय जसो आफू अभिनित फिल्म हेर्न नजाने उनी आज दिन भर कुमारी फिल्म हलमा देखिए जहाँ उनले मायाज बारको मज्जा लुटे ।


आजको दिन राजेशका लागि दुई अर्थले विशेष रह्यो । पहिलो कारण थियो १८ बर्ष अघि उनले आफ्नी आमाबाट उपहार स्वरुप पाएको कार चढी उनी ज्वली मुडमा घुम्न निस्कनु। अनि दोस्रो थियो उनले निकै अपेछा गरेको फिल्म मायाज बार हेर्ने । मायाज बारमा उनी नेगेटिभ चरित्रमा देखिएका छन् । जुन लुक्सको तारिफ चौतर्फी भईरहेको छ । 'मलाई यो फिल्म सुटिङ सुरु भए देखिनै हेर्न मन थियो त्यसैले आज बल्ल टाईम मिलाएर आएको हो', हल प्रवेश गर्नु अघि उनले उत्साहित मुडमा भने ।

 

यस्तै उनले फिल्म हेरिसके पश्चात दिनेश डिसीको प्रस्तुत गर्ने शैलीलाई मुक्त कण्ठले तारिफ गरे तर स्टोरीको हिसावमा मिहिनेत गर्ने ठाँउ आफूले अझै देखेको उनको तर्क छ । उनी आफ्नो अभिनयबाट पूर्ण सन्तुष्ट रहेछन् तर ईन्डिङमा आफ्नो सिन अझै लम्बिएको भए थप मज्जा हुन सक्ने उनले घुमाउरो ढङ्गमा ब्यक्त गरे । उनलाई फिल्मीखबरले समिछकको नजरमा आफ्नै फिल्मलाई १ सयमा कति नम्बर दिनु हुन्छ भन्ने प्रश्न गरेको थियो तर नम्बरको बिषयमा आफूले बोले बायस हुने भन्दै दर्शकबाट यो उत्तर लिन आग्रह गरे ।

 


गत शुक्रबार देखि राजधानीका १९ वटा हलमा लागेको मायाज बारको मंगलबार सम्म अर्थात पाँच दिनको ग्रस कलेक्सन ५१ लाख पुगेको छ । भोलीदेखि लगातार तीन दिन विदा परेकाले यो पाँच दिनको बिजनेस सरह ब्यापार हुने अपेक्षा मायाज बार युनिटको छ । राजधानीमा समिक्षकहरुबाट मिश्रित प्रतिक्रिया पाएको मायाज बार मोफसलका दर्शकमाझ तीब्र प्रतिक्षित फिल्म बनेको खबर प्राप्त भएको  छ जसकारण हेटौंडाको ओम्याक्स हल र नारायणघाटको जल्मामा आजै देखि यो फिल्म प्रदर्शनमा आएको छ भने भोली बिहिबार देखि बाँकी ५२ वटा हलहरुमा मायाज बार प्रदर्शन हुने छ । हलबालाहरुको डिमान्डका कारण मायाज  बारको मोफसल रिलिज नियमित रिलिज भन्दा एक दिन अगाडी हुन लागेको हो ।