मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रावण २६ मा तीन स्टारको फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2012/08/01

एक बर्ष अघि मोफसलमा प्रदर्शन भई लगानी सेभ गरेकॊ बताईएको मल्टीस्टारर फिल्म सौभाग्य यहि श्रावण २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माता केदार पराजुलीले दिएको जानकारी  अनुसार राजधानीका मुख्य १२ वटा हलमा उक्त फिल्म  प्रदर्शन हुने छ ।

 

४० लाख बजेटमा बनेको सौभाग्यमा तीजका केही कन्टेन अटाईएकाले गत बर्ष मोफसलमा सो फिल्म सफल भएको बताईएको छ । तर यो पटक तीज आउन एक महिना अघि प्रदर्शन मिती तय भएकाले केदारको अपेक्षित विजनेसमा भने केही कम हुने त हैन भन्ने आशंका उब्जिएको छ । यध्यपी निर्माता पराजुलीले तीज मात्र नभई अन्य विषयबस्तु पनि हेर्न लायक रहेको भन्दै यसपालिको रिलिजबाट पनि आफू ढुक्क रहेको बताए ।

 

तीन एक्सन स्टार राजेश हमाल, सुमन सिंह तथा आयुष रिजाल अभिनित यो फिल्म फर्मुला भित्र रहेर निर्माण गरिएको हो जसले फर्मुला शैली रुचाउदै आएका दर्शकलाई आकर्षित गर्ने निर्माण पक्षको भनाई छ । झरना थापा तथा सोनिया केसी पनि फिल्मका मुख्य पात्र हुन् । श्रीकृष्ण फिल्मसको ब्यानरमा निर्मित उक्त फिल्मको तीज गित गत बर्ष सर्वाधिक बज्न सफल फिल्मी गित भित्र पर्दछ । 

 

'जति पनि यो फिल्मले ब्यापार गर्दछ ती सवै रकम अब नाफा हुनेछ', वितरक समेत रहेका केदारले भने । केदारले यो फिल्मको रिलिज पश्चात भदौ महिना देखि रोज राणासंगको जोईन्ट भेन्चरमा अर्को फर्मुला शैलीको फिल्म बनाउने पनि भएका छन् । हाल हिरोईनको सुटिङका लागि अन्तिम तयारीमा जुटेका रोजले उक्त फिल्मको सुटिङ संगै केदारसंगको जोईन्ट भेन्चरको फिल्मको पनि सुटिङ सुरु गर्ने बताए  ।