मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

फेरि सर्‍यो `ॐ`

फिल्मीखबर, काठमाण्डौ, 2012/08/01

साउन १२ गतेबाट भाद्र २२ गतेका लागि रिलिज मिती तय गरिएको फिल्म 'ॐ' को रिलिज मितीमा पुन: हेरफेर भएको छ । यो फिल्म भाद्र २२ बाट वर सरेर भाद्र १५ मा आईपुगेको छ ।

 

भाद्र २२ मा आर्यन सिग्देल र निशा अधिकारी स्टारर फिल्म धुँवा यो नशा रिलिज हुने भएकाले र भाद्र २९ मा बडीगार्ड, फेसबुक र ब्ल्याक मेल रिलिज हुने भएकाले व्यापारमा असर नहोस् भन्ने हेतुले वितरक सुनिल मानन्धरले एक सात वर रिलिज सारेको बताईएको छ । सुनिलले धुँवा यो नशा र ब्ल्याक मेललाई पनि वितरण गर्ने भएकाले आफ्नै वितरणको फिल्म एकआपसमा नजुधोस भनेर पनि सारिएको बताए । अब यो फिल्म भाद्र १५ गते दुई फिल्म बर्सात र फुलस्टपसँग भिड्ने करिब पक्का पक्की नै छ ।

 

हरेक मान्छेले सपना देख्छ तर त्यो सपना पूरा गर्न आफैले मेहनत गर्नु पर्छ भन्ने सन्देशका साथ निर्माण गरिएको फिल्म 'ॐ' लाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । करण क्रेजीले निर्माण गरेको सो ग्याङस्टार फिल्ममा सुमन सिंह, झरना थापा, दिक्षा कुवँर, मोहन श्रेष्ठ, मिलन जोशी, दिल गुरूङ र एनबी महर्जनले अभिनय गरेका छन् । फिल्ममा दिनेश सुनाम र बसन्त सापकोटाको संगीत, कमल दाहालको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन र दुर्गा पौडेलको छायाँकन रहेको छ । करियोग्राफी भने रामजी लामिछाने, मोहन प्रधान र सुमन लामाको रहेको छ ।

 

केआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सो फिल्ममा राजेश खड्गी र भुपाल खत्रीले पनि लगानी गरेका छन् । फिल्ममा नायिका थापालाई भिन्न गेटअपमा प्रस्तुत गरिएको छ ।