मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राष्ट्रियतासँगको प्रेम `रिदम`

फिल्मीखबर, काठमाण्डौ, 2012/07/31

छायाँकनको अन्तिम चरणमा पुगेको फिल्म 'रिदम' ले राष्ट्रियताको प्रेमलाई उठान गरेको छ । काठमाण्डौमा एक्सन कट भनिरहेका निर्देशक विकास आचार्यले यो फिल्ममा देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको बताए ।

 

यसअघि नसिब आफ्नो, नाइ नभन्नु ल र म तिम्रो भईसकें जस्ता प्रेमकथानक फिल्म बनाएका विकासले यसपटक भने देशको प्रेमलाई मुख्य बिषय बनाएका हुन् । ६० % सुटिङ सकिएको जानकारी गराउँदै निर्देशक आचार्यले फिल्ममा मानिसको जीवनमा आउने उतारचढावका समसामायिक घटनाक्रमलाई देखाउन खोजिएको बताए । फिल्मको नाम पनि शुरूमा यो मन त नेपाली हो राख्ने तयारी गरिएको थियो तर नाम केहि पुरानो ढर्राको लाग्ने सोचेर विकासले रिदम छानेका हुन् ।

 

करिब दुई साता भित्रमा सुटिङ प्याकअप गर्ने तयारीका साथ धमाधम सुटिङ भईरहेको सो फिल्मको कथा निर्देशक आचार्यले नै लेखेका हुन् । फिल्ममा जीवन लुईटेल, स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह, बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको छ । वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले फिल्मलाई करिब ६० लाखको बजेटमा निर्माण गरेका हुन् ।

 

बसन्त सापकोटाको संगीत रहेको सो फिल्मलाई शम्भु सापकोटाले खिचिरहेका छन् । जम्मा तीन वटा गीत राखिएको सो फिल्ममा करियोग्राफी कविराज गहतराज, द्धन्द रोशन श्रेष्ठ र गीत कृष्णहरी बरालको रहने छ ।