मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आधि बाटो` युनिट नगरकोटमा बाटो खन्दै

फिल्मीखबर, काठमाण्डौ, 2012/07/31

शान्त र रमणिय स्थल मानिने भक्तपुरको नगरकोटमा सात जना फिल्मकर्मी मिलेर बाटो खन्ने काम गर्दैछन् । छक्क नपर्नुस् यो बाटोको अर्थ निर्माणको क्रममा रहेको फिल्म 'आधि बाटो' को स्क्रिप्ट तयार गरिंदै हो ।

हामी तीन भाई, भरोसा र हाँसि देउ एक फेर जस्ता फिल्म निर्माण गरेका लक्जम्बर्गका एनआरएन रमेश त्वायनाको लगानीमा बन्न लागेको फिल्म 'आधि बाटो' को स्क्रिप्टलाई अन्तिम रूप दिन र म्युजिक कम्पोजिशनका लागि निर्माण टोली नगरकोट पुगेको हो । टोलीमा निर्माता त्वायनाको साथमा निर्देशक सबिर श्रेष्ठ, नायक यश कुमार, संगीतकार सुरेश अधिकारी, गीतकार किरण खरेल, स्क्रिप्ट राईटर जगदिश्वर थापा र सहायक निर्देशक रामशरण कोईराला रहेका छन् ।

नगरकोटको एक हप्ते बसाईका क्रममा टोलीले फिल्मको स्क्रिप्ट फाईनल मात्र हैन पाँच वटा गीतको कम्पोजिशन पनि हुनेछ । नगरकोटबाट फिल्मीखबरसँग कुरा गर्दै निर्देशक श्रेष्ठले भने, 'स्क्रिप्ट फाईनल गरेपछि हामी कलाकार फाईनल गर्नेछौं अनि वर्कशप गर्नेछौं ।' राम्रो फिल्म बनाउन प्रि-प्रोडक्सनमा निकै ध्यान दिनुपर्ने भएकाले पनि आफूहरूले प्रि-प्रोडक्सनको होमवर्क शुरू गरेको निर्देशक श्रेष्ठ बताउँछन् ।

आफ्नो व्यवसायिक काम र फिल्मको प्रि-प्रोडक्सनका लागि निर्माता त्वायना एक साता अघि लक्जम्बर्गबाट नेपाल आएका हुन् । भदौमा सुटिङ शुरू गर्ने भनिए पनि प्राबिधिक कारणले सरेको बताउँदै सुटिङ तिहार सकिए लगत्तै शुरू गरिने निर्माता त्वायनाले बताए । उनले भने, 'सुटिङ नै शुरू गर्नु ठूलो कुरा हैन तर हामीले राम्रो प्रोडक्ट निकाल्न अलि समय खर्चेर होमओर्क गर्न लागेका हौं ।'

निर्देशक सबिरले यो फिल्म गर्नुपूर्व छबिराज ओझाको हमेशा निर्देशन गर्नेछन् । यि दुईको सुटिङ सके लगत्तै रेड वाईन उनको अर्को ड्रिम प्रोजेक्टको काम शुरू हुनेछ ।