
पछिल्लो समय अनामनगरको एरियामा बाक्लोगरी देखिने फिल्मकर्मीको जमात आजकाल बागबजार एरियामा फेरी सरेको छ । हुन त बागबजार फिल्मकर्मीको जमघट हुने पूरानो स्थल हो । यध्यपी आजको दिनमा पनि बागबाजार एरियाबाट दर्जनौ फिल्मका स्क्रिप्ट रेडि हुने गरेका छन् भने सोही एरियाबाट हिरो हुनेहरुको लिष्ट पनि बढ्न थालेको छ ।
समय बदलिरहेको छ अनि जिवन शैलीपनि । सोही अनुरुप सार्वजनिक स्थानमा फिल्मकर्मीको जमघट स्थलमा पनि परिवर्तन आउन थालेको छ । यसैक्रममा पुरानो बानेश्वरमा पनि सेलिब्रेटीको नयाँ जक्सन खुलेको छ । हिरो मुकेश आचार्यले पुरानो बानेश्वर वत्तिसपुतली सडक खण्डको मेन रोडमा क्याफे 32 संचालनमा ल्याएका छन् । एक पटकमा एक सय जनाले सजिलै सेवा पाउने उक्त क्याफेमा आजकाल सेलिब्रेटीको भिड बढ्न थालेको छ । यध्यपी औपचारिक उद्घाटन बाँकी रहेकाले सेलिब्रटीको उपस्थिती संख्यामा अझ बृद्धी हुने मुकेशको तर्क छ ।
नयाँ -नयाँ क्याफेको स्वाद लिन हिरो सुमन सिहं निकै उत्सुक हुन्छन तर पब्लिक फेस भएका कारण उनले रेष्टुरामा भनेजसरी ईन्जयो गर्न सक्दैनन् । तर आफ्नै सहकर्मीको क्याफेमा भने कम्र्फट फिल गरेको सुमनले बताए । उता अर्का हिरो दिवस उप्रेतीले ब्लयाक र मिल्क कफी दुवैको स्वाद लिदै सेलिब्रेटीको क्याफेमा सेलिब्रेटीको भिड बढ्नु स्वाभाविक भन्दै यसकिसिमका साईड विजनेश हरेक सेलिब्रेटीका लागि आवश्यक रहेको बताउछन् ।
उक्त क्याफेमा भेटिएका निर्देशक रोशन हमालपनि आफ्नो हिरोको साईड बिजनेज देखि दङ्ग छन् जसकारण आफुद्धारा निर्देशित फिल्म रङको म्यूजिक लन्च सोही क्याफेमा गर्ने मुड पनि उनले बनाएका छन् । 'चिटिक्क परेको रहेछ अनि स्ट्याण्डर्ड पनि त्यसैले रङको म्यूजिक लन्च यहि गर्ने सोचाईमा छु ।' क्याफेमा रेष्ट गर्न पुगेका बेला उनले भने । रंग यहि भदौको दोश्रो साता देखि रिलिजमा आउन लागेको छ ।
चार बर्षअघि अभिनय क्षेत्रमा ईन्ट्री गर्नु अघि मुकेशले दरबारमार्ग तथा ठमेल एरियामा नाईटक्लब संचालन गर्थे तर यो क्षेत्रमा प्रवेश संगै ब्यस्तता बढेपछि ती काम छाडी उनी अभिनयमा मात्र ब्यस्त भए तर समयले कोल्टे फेर्दै पुनः उनी नयाँ ब्यावसायीको रुपमा आएका हुन। फेरी बिजनेसमा हात हाल्नुको कारण के होला भन्ने फिल्मीखबरको प्रश्नमा मुकेशले बदलिदो परिस्थितिमा हिजोका दिनमा जुन किसिमको फिल्महरु खेलियो अबका दिनमा स्क्रिप्टका ध्यानमा दिदै सिमित फिल्म खेल्ने भन्दै ब्यावसाय तर्फको बाटो पुनः अंगालेको बताए ।
बत्तिसपुतली लोशनमा क्याफे 32 नामाकरण गर्दै उनले संचालन गरेको क्याफेको लगानी पनि ३२ लाखनै रहेको छ । भखैरै मात्र मुटु फिल्मको सुटिङ्गबाट फुस्रदमा रहेका उनी मणिराम पौडेलको डर्फरमा ब्यस्त हुनेछन भने त्यसअघि रङको प्रोमोशनमा ब्यस्त हुने सेडुल छ उनको । रंगमा उनी सहित सुमन सिहं , सुमिना घिमिरे दीपशिखा शाही सहित महानायक राजेश हमालको साथमा करिश्मा मान्नधरलाई पनि विशेष भूमिकामा देख्न सकिन्छ ।