मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार र निर्देशकले साथ नदिंदा मुरारीको बज्यो मुरली

फिल्मीखबर, काठमाण्डौ, 2012/07/31

सूर्य-चन्द्र जस्तो पुरानो फिल्म धेरै छन् यहाँ रिलिजका लागि । कोही निर्माता जोगी भएर पोष्ट-प्रोडक्सनको चरणमा नपुगी हराएका छन् त कोही पोष्ट-प्रोडक्सन सिध्याएर पनि पब्लिसिटि गर्न नसक्दा त्यतिकै थन्किएका छन् । यसै विच तीन बर्ष अघि निर्माण भएको तर विभिन्न कारणले थन्किएको फिल्म सूर्य-चन्द्र आउँदो शुक्रबार देखि रिलिज हुने भएको छ ।

 

कहिले  निर्माताहरुको विवाद त कहिले निर्देशकसंगको विवादका कारण अड्किएको उक्त फिल्म काठमाण्डूका सात र मोफसलका दश प्रमुख हलहरुमा लाग्ने भएको हो । ६५ लाख बजेटमा बनेको भनिएको उक्त फिल्मले पाएको हल संख्या हेर्ने हो भने लगानी सुरक्षित गर्ने सम्भावना निकै कम छ तर पनि आश न हो 'आए आँप गए झटारो' फर्मुलालाई अपनाउँदै निर्माता मुरारी पोखरेलले फिल्म रिलिज गर्ने आँट कसेका छन् । तर उनलाई रिलिजको छेकोमा कलाकार र निर्देशकबाट भने साथ मिलेको छैन ।

 

मंगलबार प्रेस मिट गर्दै फिल्म रिलिजको जानकारी गराउने क्रममा मुरारीले निर्देशक दीपक श्रेष्ठबाट पाएको धोकाले सास्ती भएको बताए । यस्तै फिल्मका कलाकार विराज भट्ट हाल भोजपुरी नगरीमा रहेका कारण उनी पनि यो फिल्मको प्रोमोशनका लागि नेपाल आउन पाएका छैनन् भने फिल्मकी हिरोईन युना उप्रेती अमेरिकामा रहेकाले उनी प्रोमोशनका लागि नेपाल आउन नसक्ने हुनाले मुरारीको टेन्सनको मुरली निकै बजेको छ । प्रेस मिटमा तनाव पोख्दै उनले भने, 'हामीले निर्देशकलाई खबर गरेका हौ तर उहाँ किन आउनु भएन थाहा भएन ।'


मसलेदार फिल्म मेकरको रुपमा चिनिएका दीपक श्रेष्ठ निर्देशित फिल्मलाई प्रोमोसन केही पुगेको भए लगानी सुरक्षितको सम्भवना प्रशस्त हुन्थ्यो तर रिलिजका लागि भएको विभिन्न अबरोधले सूर्य-चन्द्रले गर्ने बिजनेसको भर यसै भन्न नसक्ने फिल्म पण्डितहरु बताउँछन् । सिरडी साई फिल्मसको ब्यानरमा निर्मित उक्त फिल्मलाई मौनता श्रेष्ठले लेखेका हुन् भने संगीत ताराप्रकाश लिम्बुको छ । यस्तै फाईट हिमाल केसीको रहेको छ ।