मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 4.47/5.00)
Text size:-
+
-

आर्यनले नपाएको भिसा बिम्लेसलाई

फिल्मीखबर, काठमाण्डौ, 2012/07/30

आई एम सरीको अष्ट्रेलिया रिलिजको लागि के कारणले आर्यनले भिसा पाउन सकेनन् त्यो खुल्न सकेको छैन तर हिरो बिम्लेस अधिकारीले अष्ट्रेलियन राजदूतावासबाट तीन महिनाका लागि भिसा पाएका छन् ।


आउँदो अगष्ट २६ तारिख भदौ १० का दिन अष्ट्रेलियाको क्यानबेरामा हुने तुलसी फिल्मको विशेष प्रदर्शनीमा उनी त्यसतर्फ जान लागेका हुन् जसको एप्लाई उनले पाँच दिन अघि गरेका थिए । अष्ट्रेलियन राजदूतावासले प्राय भिसा स्वीकृत गर्न न्यूनतम दुई हप्ता समय लगाउने गर्छ तर आफ्नो पाँच दिनमै भिसा लागेपछी स्वयम उनी अचम्मित छन् । यध्यपी यी सबै अचम्मको जस उनले यूवा ज्योतिष हरिहर अधिकारीलाई दिएका छन् । अन्य फिल्मी सेलिब्रेटी झै बिम्लेसले पनि आफ्नो लाईफ स्टाईल बारे ज्योतिष अधिकारीसंग बुझेका थिए जसले केही सुत्रहरु बताएपछि बिम्लेसले सो कुरालाई फलो गरे र सोही अनुरुप यो भिसा लाग्न पनि ज्योतिष शात्रको अंक गणितले काम गरेको बिम्लेसले तर्क सारेका छन् ।

 


तुलसी उनीद्धरा अभिनित पहिलो फिल्म हो जसको ओभरसिज रिलिज अहिले यूरोपको बेल्जियममा भईरहेको छ । जसका लागि निर्देशक शंकर घिमिरे अहिले बेल्जियममा छन् ।  पहिलो फिल्म तुलसी भए पनि बिम्लेसद्धारा अभिनित दोस्रो फिल्म ब्रेक फेल रिलिज भएको एक बर्ष हुन लागेको छ । म्यूजिक भिडियोका डिमान्डेवल कलाकारको लिष्टमा समेत परेका जेन्टल बिम्लेसले केकी अधिकारीसंग अभिनय गरेको फिल्म मुटु पोष्ट-प्रोडक्सनमा छ ।

 

'पहिलो फिल्मको शोका लागि पहिलो पटक विदेश जाँदैछु त्यसैले निकै खुशी लागिरहेको छ', सोमबार साँझको एक भेटमा उनले भने । तुलसी फिल्म ईन्टरटेनमेन्ट नेपाल क्यानबेराका दीपेन्द्र श्रेष्ठको पहलमा सम्पूर्ण अष्ट्रेलिया भर रिलिज हुदैछ । यस्तै उनको दाईको परिवार अष्ट्रेलियामा रहेका कारण पनि एक काज दुई पन्थ भनेझै यो यात्रा बिम्लेस लागि निकै बिशेष हुने छ । थाईल्याण्ड 'ट्रान्जिट' राख्दै उनी दुई दिन थाईल्याण्डमा विताउने छन् भने अष्ट्रेलिया पुग्नासाथ तुलसीको विशेष शोको तयारीमा ब्यस्त हुनेछन् ।

 

यो बिचमा 'फयामेलि होलिडे' मनाउन  उनी न्यूजिल्याण्ड पनि निस्कने छन् । 'सकभर दशै तिहार मनाएर फर्कने छु अनि नयाँ फिल्मको सुटिङमा ब्यस्त हुने छु', बिम्लेसले बताए । उनी एक साता भित्र अष्ट्रेलिया उड्दैछन् ।