मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिजिलान्ते दीपेन्द्र झोले पछि स्वामी

फिल्मीखबर, काठमाण्डौ, 2012/07/30

झट्ट हेर्दा निर्देशक दीपेन्द्र के खनाल स्वामी बन्ने तयारीमा लागेको देखिन्छ । सदाजसो 'क्लिन फेस' मा देखिन दीपेन्द्र अहिले लामो दार्हीमा देखिन थालेका छन् । कारण के होला त भन्ने जिज्ञासामा दीपेन्द्रले भने, 'अहिले म भिजिलान्ते भएको छु केहि दिनमा झोले बन्छु र त्यसपछि स्वामी बन्ने छु ।'
 

दीपेन्द्रको कुरा सुन्दा केहि बेर अचम्म लाग्यो र बुझ्न पनि गार्‍हो भयो । तर उनले सहज तरिकाले बुझाउँदै भने, 'अहिले भिजिलान्ते नामको फिल्म बनाउँदैछु र त्यसपछि झोले नामक फिल्ममा व्यस्त हुनेछु । झोले सकिने बित्तिकै स्वामी नामक फिल्म बनाउनेछु । नाम अनुसारको गेटअपमा देखिन लागेको नि !' एक साता भित्रमा भिजिलान्तेको सुटिङ शुरू गर्ने बताएका दीपेन्द्रले लगत्तै सामाजिक अपराधको कथामा झोले फिल्मको निर्देशन गर्ने जानकारी दिए ।

 

 

टेकेन खड्का, मनोज भट्ट र धिरू भाई चन्दको निर्माणमा बन्ने झोलेमा सुवास थापालाई मुख्य भुमिकामा सोमबार अनुबन्धित गरियो । सान बस्नेतको लेखन रहने सो फिल्ममा शिशिर राणा पनि कलाकारको रूपमा अनुबन्धित भएका छन् भने हिरोईनको खोजी कार्य भईरहेको छ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्नेछन् । फिल्मको गीत भुपेन्द्र खड्काले लेख्नेछन् भने अन्य कलाकार र प्राबिधिकको छनोट कार्य जारी छ ।

 

यस्तै सुवर्ण कायस्थको निर्माणमा दिपेन्द्रले राजनैतिक बिषयबस्तुमा 'स्वामी' निर्देशन गर्नेछन् । सान बस्नेतले कथा तयार पारिरहेको बताउँदै दीपेन्द्रले फिल्म 'डार्क पोल्टिकल' हुने बताए । जातिय दंगाको बारेमा फिल्म बनाउने बताउँदै दीपेन्द्र भन्छन्, 'यो फिल्म बनाउन मैले ठूलो जोखिम मोल्नुपर्ने हुन्छ । सायद मलाई ज्यानको खतरा पनि हुनसक्छ तर म रिक्स लिएर नै काम गर्न रूचाउँछु ।' दीपेन्द्र थप्छन्,'नो रिक्स नि गेम ।'