
नेपालको राजनैतिक परिवेशमा आधारित रहेर निर्माण गरिएको फिल्म 'नागरिक' को सुटिङ प्याकअप गरिएको छ । ३८ दिनमा सुटिङ प्याकअप गरि आज राजधानीमा इन्डक्ल्याप पार्टीको समेत आयोजना गरियो ।
अहिलेको समय राजनीतिको ‘र’ पनि उच्चारण गर्न नचाहने आम नागरिकको यथार्थतालाई लिएर फिल्म मार्फत नागरिकका समस्याहरुलाई प्रष्ट रुपमा उजागर गरी राष्ट्रियतालाई कायम राख्न आम नागरिकको अहम् भूमिका प्रति स्पष्ट रहेको फिल्म नागरिकलाई बिमल पौडेलले निर्देशन गरेका हुन् । चितवन र काठमाण्डौमा छायाँकन गरिएको सो फिल्ममा विश्व बस्नेत, सरिता गिरी, रमेश बुढाथोकी, राहुल केसी, गणेश उप्रेती, अनु शाह, पुष्प आचार्य तथा मोहन केसीको मुख्य अभिनय रहेको छ ।
मुन ईन्टरटेन्मेन्ट प्रालिको व्यानरमा युवन राजभण्डारी र सारस्वत दुलालले निर्माण गरेको सो फिल्ममा फिल्ममा सत्यराज चौलागाईको सहायक निर्देशन , राजु थापाको छायाड्कन ,पुष्प आचार्यको गीत र लक्ष्मण शेषको संगीत रहेको छ ।