मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.40/5.00)
Text size:-
+
-

जीवन अब नीताको व्यायफ्रेण्ड

फिल्मीखबर, काठमाण्डौ, 2012/07/30

रियल लाईफमा हिरो जीवन लुईटेल विवाहित हुन यो कुरा धेरैलाई थाहा छ तर आज फिल्मीखबरले उनको नयाँ अनस्क्रिन अफएरको खबर सार्वजनिक गर्दैछ । रेखा थापाबाट सुरु भएको उनको अनस्क्रिन अफएर यात्राको तीर अब नीता ढुङगाना तर्फ सोझिएको छ । यानिकी जीवन अब नीताको व्यायफ्रेण्ड हुने भएका छन् ।


स्कुटी दुर्घटनाका कारण पछिल्लो ६ महिना झण्डै आधा दर्जन प्रोजेक्ट गुमाईसकेकी हिरोईन नीता फिल्मका खेल्नका लागि पूर्ण तयार भएकी छिन् । उनको दाहिने गालामा लागेको गहिरो चोटको दाग करिब मेटिईसकेको पनि छ । पहिलो पटक जीवन र नीता जोडीको रुपमा देखिन लागेको फिल्म हो 'नोटबुक' जसलाई योगेश घिमिरेले निर्देशन गर्दैछन् । भदौ ११ देखि फ्लोरमा जाने उक्त फिल्म लभस्टोरी ड्रामा प्याटनको हुने बताईएको छ ।

 

पहिलो पटक नीतासंग फिल्म खेल्न लाग्नु भएको रहेछ नि भन्ने जिज्ञासामा हिरो लुईटेलले भने, 'केही नयाँ हिरोईनहरुसंग फिल्म खेलेको छु अब हेरौ नीताजीसंग अनुभव कस्तो हुने हो ।' उता हिरोईन नीता पनि छ महिना पश्चातको फिल्मी प्रोजेक्ट नोटबुकको सुटिङमा जान आतुर छिन् । 'जे हुन्छ राम्रैका लागि हुन्छ', आफ्नो स्कुटी घटनालाई रिवाईन्ड गर्दै उनले भनिन् । यो विचको पिरियिडमा उनी होमरेष्टमा थिईन् भने पछिल्लो केही साता देखि म्यूजिक भिडियो र एउटा सर्ट मुभीमा पनि आफ्नो अभिनयलाई देखाउने मौका पाईन् ।

 

प्रज्ञा फिल्मको ब्यानरमा निर्माण हुने उक्त फिल्ममा सम्पूर्ण कलाकार नयाँ लिने भनिएको थियो तर अन्तिम समयमा निर्देशक घिमिरेले जोखिम मोल्न नसकिएको भन्दै जीवन र नीता लिएको जानकारी गराएका हुन् । उनले भने, 'मेरो स्टोरीका लागि नयाँ कलाकार भएको भए अझै राम्रो हुन्थ्यो तर एक्टिङ दमदार गर्नुपर्ने भएकाले हामीले खोजे जस्तो कलाकार पनि भेटेनौ अनि जीवन र नीतालाई लिएका हौं ।' यध्यपी जीवन र नीता फष्ट लिड भए पनि सेकेण्ड लिड अर्न्तगत सेन सापकोटा आफ्नो फिल्म मार्फत डेब्यू गर्ने उनको भनाई छ । 

 

काठमाण्डू र ईलाममा सुटिङ हुने घिमिरेको उक्त फिल्मलाई संजय लामाले खिच्ने छन् भने म्यूजिक तर्फ बसन्त सापकोटा र फाईटका लागि रोशन श्रेष्ठ अनुबन्धीत भईसकेका छन्।