मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

भोजपुरी फिल्ममा पनि राजेश पायलको स्वर/ फाउन्डेशन खुल्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/07/30

पछिल्लो दुई दशकको ईतिहास पल्टाउदै नेपाली फिल्ममा पुरूष पार्श्व गायनको प्रतिशत डाटा खोज्ने हो भने राजेश पायल राईको  गायन प्रतिशत अरु  पार्श्व गायकको भन्दा  बढी  फेला पार्न सकिन्छ । लोक, पप, रक गीतलाई पनि सजिलै गाउन सक्ने खुवी भएका राजेश पायलले आफ्नो साँगितीक रेकर्ड राख्ने प्रयास स्वरुप विभिन्न तरिका पनि अपनाए जुन केही हदसम्म सफल भएको पनि देखिएको छ ।


उमेर ढल्केसंगै जवानीको जोश अझै बढेको बताउने यि अविवाहित गायकले पहिलो पटक भोजपुरी फिल्ममा पनि पार्श्व गायनको अनुभव लिएका छन् । हुन त केही महिना अघि भोजपुरी एल्बम सिलाके जावनीको लागि उनले भारी रकममा नौ वटा गीत गाउने एग्रीमेन्ट गरेका थिए जसको अन्तिम गीत रेकर्डिङ आज बबहरमहल स्थित बज्र स्टूडियोमा सम्पन्न भयो । यस्तै राईले आजै भोजपुरी फिल्म 'बदला' का लागि एउटा गीत गाएका छन् । फिल्ममा आठ वटा गीत छन् जसमा अर्का नेपाली गायक उदित नारायण झाको पनि स्वर समावेश छ । साउनको अन्तिम हप्तादेखि सुरु हुने उक्त फिल्ममा हिरोईन पनि नेपालकै हुन सक्ने प्रवल सम्भावना रहेको संगीतकार सन्तोष राजले जनाएका छन् । 


फिल्ममा रेखा थापा अनुबन्धीत हुने प्रबल सम्भावना रहेको बताईएको छ । रेखाले यो फिल्म खेले उनको भोजपुरी फिल्मको संख्या दुई पुग्ने छ । भोजपुरी तर्फ तपाईको रुची बढ्नुको कारण के होला भनी सोधिएको प्रश्नमा राजेश पायल राईले रुची भन्दा पनि आफूलाई खोजी खोजी आएको कम्पनीलाई नाई भन्न नसकेको भन्दै आगामी दिनमा यस्ता अफर आए सहज रुपमा आफ्नो सहभागीता रहने उनले बताए । प्रसिद्ध म्यूजिक कम्पनी टि-सिरिजको वितरण रहने भएकाले पनि उक्त फिल्ममा राजेश पायलले गीत गाउने ईच्छा देखाएका हुन् । किनकी बजार राम्रो भोजपुरी मार्केटमा अब राईले आफूलाई परिचित गराउने तयारी गरेका छन्।  फिल्मका संगीतकार सन्तोष राजले राजेश पायलले नेपाली गीत जस्तै उत्कृष्ट शैलीले भोजपुरीमा पनि गाउन सकेको भन्दै उनलाई आगामी प्रोजेक्टहरुमा पनि लिने बताए । सन्तोषका अनुसार उनको कम्पनी मिथिला मल्टीमिडयाले निकाल्ने अर्को भोजपुरी एल्वममा पनि राजेश पायलले कैलाश खेर  र सुनिधि चौहानका साथ गीत रेकर्ड गराउदैछन् ।


राईले खोले फाउन्डेशन/ हरेक कन्सर्टको पाँच प्रतिशत  रकम असाहयलाई


गत बर्षदेखि फाउन्डेशन सञ्चालनको तयारीमा जुटेका राजेश पायल राईले आफ्नो नामको फाउन्डेशनलाई सञ्चालनमा ल्याएका छन् । बार्षिक ५० बढी स्वदेशी कन्सर्ट र दुई दर्जन विदेशी कार्यक्रममा ब्यस्त हुने नेपालका सर्वाधिक ब्यस्त गायक राईले समाज सेवालाई अगाडी बढाउने प्रयास स्वरुप फाउन्डेशनसलाई सक्रिय बनाएका हुन् । पहिलो फेज अर्न्तगत उनको फाउन्डेशनमा परिवारका सदस्य छन् भने आगामी दिनमा यसलाई बृहत रुपमा अगाडी बढाउदै सदस्यमा हेरफेर गरिने उनको भनाई छ ।

 

यस्तै राईका अनुसार आउँदा दिनमा गरिने आफ्ना हरेक कन्सर्टबाट पाएको पारिश्रमिको पाँच प्रतिशत रकम उक्त फाउन्डेशनमा जम्मा हुनेछ जसबाट दु:खी, गरिब, असाहाय ब्यक्तिहरुको उद्धारका लागि खर्च गरिने छ । जन्म जिल्ला खोटाङको रुप फेर्न बार्षिक एक लाख बढी सहयोग गर्दै आएका उनले अब साँगितीक यात्रासंगै समाज सेवालाई अगाडी बढाउने निर्णय सहित फाउन्डेशनलाई सक्रिय बनाएका हुन् ।

 

राजनीतिक दलबाट प्रस्ताव आए विकासका लागि खोटाङबाट आफू केन्द्रिय स्तरको राजनीतिमा पनि आउन सक्ने उनले तर्क सारेका छन् ।